लागुऔषध सहित भक्तपुरबाट युबक पक्राउ

भक्तपुर, साउन ८, २०८०ः

भक्तपुर जिल्ला सुर्यविनायक नगरपालिका वडा नं. २ बालकोट गोदावरी पुल नजिक प्रभाग बालकोटबाट प्र.ब.ना.नि. बिर बहादुर भण्डारीको कमाण्डमा खटिएको ४ जनाको टोलीले प्लान अनुसारको चेकीङको क्रममा पैदल हिडिरहेका सिन्धुपाल्चोक जिल्ला लिसङ्खुपाखर गाँउपालिका वडा नं. ५ घर भई हाल बस्ने वर्ष ३३ को रविन्द्र तामाङलाई चेकजाँच गर्दा निजको साथबाट ठुलो परिमाणको लागुऔषध बरामद गरिएको छ। निजलाई लागु औषध सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागी ्भक्तपुर प्रहरी परिसरमा राखीएको छ।

निज बाट नाईट्राभेट; १० पत्ता(१४९ ट्याब्लेट), डाईजेपाम; १९४ पिस, नुरफिन; १४६ पिस, फेनारगन: ११६, MI मोवाईल थान- १ र IVOOMI KEYPAD मोवाईल थान- १ बरामद गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!