काठमाडौं, साउन ९ ,२०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र इन्टरनेशनल फण्ड फर एग्रिकल्चरका प्रमुख डा. अल्भारो लारियोबीच आज भेटवार्ता भएको छ ।
तीन दिने इटाली भ्रमणमा रहनुभएका प्रधानमन्त्री प्रचण्ड र एग्रिकल्चरका प्रमुख डा. लारियोबीच आइएफएडीद्वारा नेपालमा सञ्चालित विभिन्न परियोजनाका समिक्ष, आइएफएडी र नेपालबीचका सम्बन्ध लगायतका बारेमा छलफल भएको छ ।
नेपालमा आइएफएडीले कृषि क्षेत्रमा विभिन्न परियोजना सञ्चालन गरिरहेका छन् ।

तस्बिर सौजन्य ः प्रदिप वन्त