मध्यपुर थिमि, मिलरोड, साउन १०, २०८०ः
रत्न काजि प्रजापति
उमेरले ६० बर्ष कटे पनि बोडे निवासि तुल्सि मेयर डल्लिको दैनिकि प्राय ब्यस्त नै रहने गरेको छ। यो ढल्कदो उमेरमा पनि कहिलेकाहि आफु भन्दा भारी मेशिनहरु संग खेल्दै दिन बित्ने गर्दछ उहाको। मध्यपुर थिमि नगरपालिका वडा न ८ बोडे मिलरोडमा रहेको तुल्सि इलेक्टिक वर्कशपका सन्चालक मेयर प्राय दिनभरी नै बिभिन्न इलेक्ट्रिकल सामान तथा कलकारखानामा प्रयोग हुने मेशिनहरुको मर्मत कार्य मै ब्यस्त हुने गर्दछ।
बि स २०५२ साल देखि नै यो कार्यमा संलग्न तुल्सि मेयर आफ्नो सिप प्रयोग गरेर स्वदेश मै आफ्ना परिवार संगै बसेर बार्षिक करिब २० लाखको हाराहारीमा आम्दानि गर्न सफल छन। नेपालमा काम छैन भनी खाडि मुलुक जाने युवा जनशक्तिलाई सिप सिकेर नेपालमै स्वरोजगारका कामहरु गर्न सुझाब दिदै मेयरले यदि कोहि आफु संग सम्बन्धित सिप सिक्न चाहनु हुन्छ भने आफुले सहयोग गर्ने बताउनु हुन्छ साथै सिप सिकिसकेका युवा जनशक्तिलाई आफैले रोजगारी दिने समेत बताउनु भयो।
पेशा प्रतिको लगाब,मेहनत, लगन र धैर्यताको कारण नै आफु यो ब्यबसायमा सफल भएको उहाले बताउनु भयो। बुदेशकालमा पनि आफुले सिकेको सिपको प्रयोग गरेर आर्थिक स्तर उकास्न सकेकोमा भने तुल्सि मेयर दंग छन।
