मध्यपुर थिमि, साउन १०, २०८०ः
रत्न काजि प्रजापति
मध्यपुर थिमि नगरपालिका वडा न ४ मा अबस्थित एतिहासिक महत्व बोकेको निगु पुखुमा अब देखि राति १० बजे पछि प्रबेश निषेध हुने भएको छ। निगु पुखुका स्थानिय बासिन्दाहरुले एक सुचना जारी गर्दै उक्त कुराको जानकारी गराएको हो।
जारी सुचना अनुसार अब देखि उक्त पुखु परिसर भित्र धुम्रपान तथा मध्यपान पुर्ण रुपमा निषेध गर्नुका साथै कुनै पनि घरपालुवा जनावरहरु पनि डुलाउन पाउने छैन। दुबै पोखरीमा पौडि खेल्न पनि पुर्ण रुपमा प्रतिबन्ध लगाएको छ।
राति अबेरसम्म पोखरी परिसर भित्र बसेर मध्यपान गरेर होहल्ला गर्दा स्थानिय बासिन्दाहरुलाई बा्धा पुगेकोले बाध्य भएर उक्त कदम चाल्नु परेको स्थानिय बासिहरुको भनाई छ। यदि कसैले जानी जानी नियम उलंघन गरेमा आबश्यक कारवाहीको लागि प्रहरीमा बुझाइने पनि बताईएको छ।
पोखरीको पुनर्निमाण पछी निकै आकर्षक देखिएको पोखरी परिसरमा राति अबेर सम्म चहल पहल हुने गरेको छ साथै पोखरी परिसर स्थानिय बासीको साझपखको हि्डाईको लागि उपयुक्त गन्तब्य बनेको थियो।

PC: Madan Sundar Shrestha (F. Mayor)