मध्यपुर थिमि साउन १२,२०८०:
मध्यपुर थिमि नगरपालिकाले आफ्नो नगर क्षेत्र भित्रका परम्परागत आबासिय क्षेत्र र सार्वजनिक महत्वका स्थानहरुमा राती ९ बजे पछि मदिराजन्य पदार्थ बिक्रीवितरण र सेवनमा रोक लगाएको छ।
नगर क्षेत्र भित्रका कतिपय स्थानहरुमा मदिरा जन्य पदार्थ सेवन गरि झै झगडा , हुल हुज्जत लगायतका अबान्छित गतिविधि गरि शान्तिसुब्यबस्थामा खलल पार्ने गतिविधि हुने गरिएको देखिएकोले नगरको समग्र शान्ती सुरक्षाको ब्यबस्था थप प्रभाबकारी बनाउन उक्त कदम चालिएको हो ।
जारी सुचना अनुसार आजैदेखि लागु हुने गरी राती ९ बजे पछि नगरपालिकाले तोकेको ठाउँहरुमा मदिराजन्य पदार्थको बिक्रीवितरण र सेवन पुर्ण रुपमा रोक लगाएको र कसैले अटेर गरी गलत क्रियाकलाप गरेको पाइएमा कानुन बमोजिम कारबाही हुने सुचनामा उल्लेख गरेको छ ।
सुचना:
