भक्तपुर विद्युतीय सामग्री व्यवसायी संघद्वारा विद्यार्थीहरुलाई ब्याग वितरण

भक्तपुर

भक्तपुर विद्युतीय सामग्री व्यवसायी संघले आफ्नो स्थापना दिवसको अवसरमा भक्तपुरको चाँगुनारायण नगरपा्लिका वडा नं ५ छालिङ्गमा रहेको श्री गणेश माध्यमिक विद्यालयका आर्थिक रूपले विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई ब्याग वितरण गरेको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य संयोजक बुद्धि कुमार मुस्याख्वले “शिक्षा मात्र होईन व्यवहारिक ज्ञान” पनि अहिलेको समयमा अति आवश्यक भएको कुरा बताउनु भयो। श्री गणेश माध्यामिक विद्यालयका प्रधानाध्यापक इन्द्र फोजुले विद्यार्थीहरुले उच्च शिक्षा हासिल गरि असल व्यक्ति भएर देशको सेवा गर्नुपर्नेमा जोड दिए।

उक्त कार्यक्रममा संघका अध्यक्ष गगाराम मानन्धर ,पुर्व अध्यक्ष श्याम प्रसाद मानन्धर ,निवर्तमान अध्यक्ष माधब प्रजापति, महासचिब राम प्रसाद खर्वुजा,सचिब अल्बर्ट ब्रजाचार्यले पनि बोलेका थिए। सो कार्यक्रममा उपाध्यक्ष चन्द श्रेष्ठ, कोषाध्यक्ष श्याम दुवालको पनि उपस्थिति रहेको थियो।

संघले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सो कार्यक्रम आयोजना गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!