भक्तपुर जिल्लामा हालसम्म १६ जनामा डेङ्गु सङ्क्रमण

भक्तपुर, साउन १४, २०८०ः

भक्तपुर जिल्लामा हालसम्म १६ जनामा डेङ्गु सङ्क्रमण देखिएको छ । साउनको सुरुदेखि हालसम्म सो सङ्ख्यामा सङ्क्रमित फेला परेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

हालसम्म सबैभन्दा बढी भक्तपुर नगरपालिकामा १२ जना सङ्क्रमित फेला परेका छन् । मध्यपुर थिमि नगरपालिकामा ३ जना तथा सुर्यबिनायक नगरपालिकामा १ जनामा सङ्क्रमण देखिएको छ। चांगुनारायण नगरपालिकामा हालसम्म संक्रमित देखिएको छैन। संक्रमितहरुमध्ये हालसम्म कसैको पनि मृत्युवरण गर्नुपरेको अवस्था भने छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!