भक्तपुर, २०८० साउन १६ः
भक्तपुर नगरपालिका अन्तर्गतको सहकारी अनुगमन समितिले ्भक्तपुर जिल्लाका बिभिन्न स्थानहरुमा संचालनमा रहेका सहकारीहरुको अनुगमन गरेको छ। जिल्लाको कमलविनायक, च्याम्हासिंह, भुलांचा, बाराहीस्थान र घलाँटेमा रहेका बहुउद्देश्यीय सहकारीको आज स्थलगतअनुगमन गरेको छ । भक्तपुर नगरपालिकाले स्थानीय तहको सहमति विना बागमती प्रदेशबाट दर्ता भएर सञ्चालनमा रहेका सहकारी संस्थाहरुलाई भक्तपुर नगर भित्र सञ्चालन गर्न नदिने निर्णय अनुसार अनुगमन भएको सहकारी अनुगमन समितिका संयोजक हरिप्रसाद बासुकलाले बताउनुभयो । सो अनुगमनमा समितिका सदस्यहरु हरिरत्न गोर्खाली, श्यामसुन्दर मातां, सिद्धिराम अवाल, कृष्णगोपाल चौगुठी, तारादेवी शाक्यको उपस्थिति रहेको थियो ।