पर्यटन विकासको लागि पदयात्रा आयोजना हुने

भक्तपुर, १५ साउन, २०८०ः

भक्तपुर नगरपालिकाले आन्तरिक र बाह्य पर्यटकहरूको प्रवद्र्धनको लागि पदयात्राको आयोजना गर्न लागेको छ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले साउन २० गते नपाको आयोजनामा हुन गइरहेको पदयात्राबारे छलफल गर्न आयोजित भेलामा उक्त जानकारी दिनु भएको हो।

प्रमुख प्रजापतिले भक्तपुरका सबै नागरिकलाई निरन्तर सकृय बनाउन विभिन्न गतिविधि सञ्चालन गरिरहेको प्रस्ट पार्दै भन्नुभयो, “सकृय मानिसको आयु लामो हुन्छ । नगरपालिकाले शिक्षा, संस्कृति, खेलकुदलगायतका गतिविधिहरू सञ्चालन गरी नागरिकहरूलाई सकृय सहभागी गराउ“दै आएको छ । जनप्रतिनिधिहरूलाई सधै“ यहा“का जनताले साथ दिइरहेकोमा प्रशंसा गर्दै उहाले जनप्रतिनिधि र स्थानीय जनताको एकाकार शक्तिले नै भक्तपुरका जनतामा शीघ्र परिवर्तन सम्भव भएको हो भन्नुभयो ।

भनपा वडा नं. १ को आयोजनामा भएको छलफल कार्यक्रम वडाध्यक्ष श्यामकृष्ण खत्रीले अध्यक्षता गर्नुभएको थियो भने पूर्ववडाध्यक्ष लक्ष्मी नारायण खत्री, शिक्षिका बिकुलक्ष्मी कोजुले नगरपालिकाको आयोजनामा हुन लागेको पदयात्रा सफल पार्न सबैले सहयोग गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!