मध्यपुर थिमि नगरपालिकाले पशुपति स्पिनिङ मिल्स र बतास एशोसियटसँग वक्यौता कर असुली प्रक्रिया अघि बढाउने

मध्यपुर थिमि, साउन १७, २०८०ः
रत्न काजि प्रजापति

मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठको अध्यक्षतामा आज बसेको नगर कार्यपालिकाको ते्र्हौ बैठकले पशुपति स्पिनिङ मिल्स र बतास एशोसियटसँग वक्यौता कर असुली प्रक्रिया अघि बढाउने निर्णय गरेको छ। बैठकले पशुपति स्पिनिङ मिल्स र बतास एशोसियटसँग सम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सम्बन्धमा आवश्यक छलफल गरी दुवै कम्पनीसँग वक्यौता कर असुली प्रक्रिया अघि बढाउन सम्बन्धीत कार्यालयलाई निर्देशन दिने निर्णय गरेको हो।

नगर कार्यपालिकाको ते्र्हौ बैठकले वडामा रहेका सार्वजनिक र पर्ती जग्गा पहिचान गरी गैर कानुनी संरचना हटाउने र त्यस स्थानमा बृक्षरोपण गर्ने निर्णय गरेको छ ।

बैठकले नगरपालिकाको जग्गा विकास, संयुक्त, सामूहिक अपार्टमेन्ट वा योजनावद्ध आवास हाउजिङ नियमावली २०८० तथा सामूदायिक विद्यालयको शिक्षाको गुणस्तर सुधार तथा व्यवस्थापनका लागि शिक्षक दरबन्दी मिलान कार्यविधि २०८० दुबै स्विकृत गरेको छ। साथै बैठकले नगरपालिकाको आवधिक योजना निर्माण सम्बन्धी कार्य अगाडि बढाउने निर्णय समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!