थिमि भैलः चपाच्व २०८० को प्रचार प्रसार कार्यक्रम सम्पन्न : सहयोगको ओइरो

बिदेशमा रहेका स्थानिय भाईबहिनिहरुको उ्ल्लेखनिय सहयोग

मध्यपुर थिमि चपाचो, साउन २०, २०८०ः
रत्न काजि प्रजापति

थिमि भैलः चपाच्व २०८० को प्रचार प्रसार कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ। करिब ३२ बर्ष पछी प्रजापति समुदायको अग्रसरतामा चपाचोबाट भैल नाच प्रदर्शन हुन लागेको हो। कार्यक्रममा थिमि भैलः चपाच्व २०८० ब्यबस्थापन समितिका अध्यक्ष चन्द्र कृष्ण प्रजापतिले भैल नाचका बिबिध आयामहरु बारे प्रकाश पार्नुका साथै नाचका तयारी, यस्को आर्थिक, भौतिक र सामाजिक पक्षहरुका बारेमा जानकारी दिनु भएको थियो।

लामो समय पश्चात आफ्नै ठाऊबाट भैल नाच आयोजना हुन लागेकोमा स्थानिय बासी दंगदास छन। उनिहरु नाच सफल बनाउन कम्मर कसेर लागीपरेका छन। यसपालिको भैल नाचमा ज्यापुंगचामा सर्गत प्र्जापति, न्हापा भैल श्याम प्रजापति, लिपा भैल साजन प्रजापति, न्हापा दांगि निरज प्रजापति अनि लिपा दांगि नयन प्रजापति रहने छन।

प्रचार प्रसार कार्यक्रममा आर्थिक तथा भौतिक सहयोग गर्ने दाता, संघसंस्थाहरुको ओइरोनै लागेको थियो।
थिमि स्वाबलम्बन बचत तथा ऋण सहकारी संस्थाले रु ११११११, दिल बहादुर सिज प्रजापतिको परिवारको तर्फबाट ५३,४५५, थिमि भैल तथा गुंला बाजा अक्षय कोषको तर्फबाट रु ५००००, पासा पुच चपाचोको तर्फबाट रु ५००००, ब्यबस्थापन समितिका संयोजक चन्द्रकृष्ण प्रजापतिको तर्फबाट रु २५२५२, चपाचो स्वाबलम्बन समुहको तर्फबाट २२२२२, स्थानिय भाजुरत्न प्र्जापतिको तर्फबाट २११११ सहयोग रकम प्राप्त भएको थियो। साथै अन्य सहयोगी दाताहरुको तर्फबाट पनि थुप्रै आर्थिक सहयोग प्राप्त भएको थियो। कार्यक्रममा स्थानिय चन्द्र गोंग प्रजापतिको तर्फबाट एक थान धा बाजा पनि प्रदान गरिएको थियो।

कार्यक्रममा मध्यपुर थिमि चपाचोमा जन्मेर बिश्वका बिभिन्न देशहरुमा रहनु भएका करिब ४९ जना भाई बहिनिको तर्फबाट करिब रु ४३२५२३ नगद प्राप्त भएको जानकारी दिईएको थियो।
मध्यपुर थिमि नगरपालिकाका प्र्मुख सुरेन्द्र श्रेष्ठको प्र्मुख आतिथ्यता तथा उपप्रमुख बिजय श्रेष्ठ्को बिशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!