एक दिने उदघोषण तालिम सम्पन्न

भक्तपुर, २०८० श्रावण २१
राम चन्द्र प्रजापति

परिवर्तनशील आवाज साप्ताहिक र परिवर्तन समाज भक्तपुरको संयुक्त आयोजनामा भएको एक दिने उदघोषण तालिम सम्पन्न भएको छ।

तालिमको समापन कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश सभा सभासद सांसद माननीय किरण थापा मगरले तालिममा सहभागिहरुलाई प्रमाणपत्र प्रदान गर्नु हुदै तालिम्मा सिकेका कुराहरु आफ्नो जीवन उपयोगीमा सदुपयोग गर्नु पर्ने कुरामा जोड दिनु भयो। आजको जमानामा बोल्नेको पिठी विक्ने तर नबोल्नेको चामल पनि नबिक्ने भएकोले उदघोषण तालिम लिनु पर्ने बताउनु भयो ।समाजमा ब्याप्त विकृति विसंगती हताउन  बोल्नु आबश्यक छ। उहाले भन्नुभयो। बाककलाको विकास गर्न उदघोषण तालिमले महत्वपुर्ण भुमिका रहने कुरामा सांसद थापा मगरले जोड दिनु भयो।

कार्यक्रममा रोम्बस सेकेण्डरी स्कुलका प्रीन्सिपल डा. राजेन्द्र कोजु, प्रशिक्षक कृष्ण प्रजापति, समाजका सचिव अक्षय सुन्दर प्रजापति, महिला उपाध्यक्ष सृजना प्रजापति, सह सचिव कृष्ण राम सुवाल, राम गोपाल चगुथी लगायतले उदघोषण तालिम प्रशिक्षार्थिहरुको लागि अत्यन्तै प्रभावकारी रहने बताउनु भयो।

यस अघि समाजका अध्यक्ष रामचन्द्र प्रजापतिले प्रशिक्षक जितेन्द्र श्रेष्ठ रसिकलाई प्रशिक्षण सामग्री हस्तान्तरण गरि कार्यक्रम उद्घाटन गर्नु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!