मध्यपुर थिमि चपाचो, साउन २१, २०८०ः
रत्न काजि प्रजापति
थिमि भैलः चपाच्व २०८० को औपचारिक प्रशिक्षण आजबाट शुभारम्भ भएको छ।
भैल गुरुहरु सन्त बहादुर प्रजापति, तेज कुमार प्रजापति, हर्ष बहादुर प्रजापति, गणेश मान प्रजापति, मोहन कृष्ण प्रजापति, बिष्णु बहादुर प्रजापति र तेज बहादुर प्रजापति को बिषेश उपस्थितिमा प्रशिक्षण शुरु भएको हो।





करिब ३२ बर्ष पछि चपाचो टोलबाट स्थानिय प्रजापति समुदायबाट थिमि भैल नाच प्रदर्शन हुन लागेको हो। उक्त भैल नाचमा ज्यापुंगचामा सरगत प्रजापति, न्हापा भैलमा श्याम सुन्दर प्रजापति, लु भैलमा साजन प्रजापति, न्हापा दांगिमा निरोज प्रजापति र लु दांगिमा नयन प्रजापति रहनु भएको छ। थिमि भैल यहि भाद्र १६ गते देखि १९ गते सम्म मध्यपुर थिमिका बिभिन्न स्थानहरुमा प्रदर्शन गरिने छ।
