भक्तपुर नगर प्रमुख प्रजापतिद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण

भक्तपुर, साउन २३, २०८०ः

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले अविरल वर्षाका कराण भक्तपुर नपा वडा नं. १ धालाखुसी, वडा नं. ३ स्थित बाराही पुल, वडा नं. ४ स्थित राममन्दिर र शान्ति निकेतन मावि र वडा नं. ७ स्थित हनुमानघाट, थुसाचालगायत विभिन्न ठाउँमा बाढीले क्षति पु¥याएको क्षेत्रहरुमा मंगलबार स्थलगत निरीक्षण गर्नुभयो ।

विगत केही दिनदेखि परिरहेको वर्षा र हिजो रातीदेखि परेको वर्षाको कारण भक्तपुर नपाको हनुमन्त्ते खोलामा आएको बाढीले नगरका विभिन्न ठाउँहरु डुबानमा परेका छन् । डुबानले खोला छेउको धानबालीमा क्षति पुग्नुका साथै नजिकै रहेका विद्यालय, व्यापारिक भवन, अस्पताल र सम्पदाहरु समेत डुबानमा परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!