आदिवासी जनजातिको माग सम्बोधन गर्न नेपाली काँग्रेसले सक्दो प्रयास गर्छः पूर्वप्रधानमन्त्री देउवा

श्रावण २३, २०८० मंगलबार

सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारसँग आदिवासी, जनजातिहरुको माग सम्बोधन गराउन आफ्नो पार्टीले सक्दो सहयोग गर्ने बताउनु भएको छ ।

सभापति देउवाले नेपाललाई सबै समुदायको समानुपातिक समावेशी देशको रुपमा विकास गर्न प्रयत्न गर्ने आश्वासन समेत दिनु भयो । विश्व आदिवासी दिवसको अवसर पारेर मंगलबार काठमाडांैमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले नेपाली काँग्रेसलाई सबै जाति, जनजातिको पार्टी हुनेगरी समानुपातिक प्रतिनिधित्व गराउने बताउनु भयो । आदिवासी जनजातिहरुको भाषा, कला र संस्कृतिलाई हेरेपछि नेपालमा के छैन ? भन्ने अनुभूति आफूलाई हुने गरेको उल्लेख गर्दै उहाँले उनीहरुलाई साथ दिन आफूहरु सदैव लागिपर्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो । सभापति देउवाले भन्नु भयो, ‘यो सबैको देश हो, नेपाली काँग्रेस सबैको पार्टी हो । पार्टी हो भन्ने हामीले स्थापित गर्नुछ । यसमा सुधार गर्नुछ । अहिले मैले भनिसके–भाईबहिनीहरुको अत्यन्तै सुन्दर गीत, नृत्य हेरेपछि नेपाल सच्चा मानेमा नेपालमा के छैन जस्तो लागेको छ मलाई । यिनै काममा हामी सबै लागौं । मेरो पार्टीबाट यसमा पूरापूरा सहयोग हुने विश्वास दिलाउँदै भोलीदेखि तपाईहरुको यो आदिवासी जनजाति दिवस हुँदैछ । यसको अवसरमा सम्पूर्ण आदिवासी, जनजातिलाई हार्दिक हार्दिक शुभकामना व्यक्त गर्दछु ।’

त्यस अवसरमा सभापति देउवाले आदिवासी, जनजाति समुदायलाई विश्व जनजाति दिवसको शुभकामना पनि व्यक्त गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!