५ रुपैयाँका १५ करोड थान सिक्का टकमरी गर्ने स्वीकृत  : मन्त्रीपरिषद्को बैठक

श्रावण २३, २०८० मंगलबार

नेपाल सरकारले ५रुपैयाँका १५ करोड थान सिक्का टकमरी गर्ने नेपाल राष्ट्र बैंकलाई स्वीकृत दिएको छ ।

मंगलवार बसेको मन्त्रीपरिषद्कोबैठक पछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै  सञ्चारतथा सूचना प्रविधि मन्त्री तथा प्रवक्ता रेखा शर्माले नेपाल राष्ट्र बैंकलाई ५ रुपैयाँका १५ करोड थान सिक्का टकमरी गर्न स्वीकृत दिइएको जानकारी दिनु भएको हो । उहाँले अर्थमन्त्रालयको प्रस्तावमा मन्त्री परिषद्ले उक्त स्वीकृत दिएको बताउनु भयो। उहाँले मन्त्रीपरिषद्ले साईवरसुरक्षा नीति पनि स्वीकृत गरेको बताउनु भयो । उहाँले भन्नुभयो,‘अर्थमन्त्रालयकोप्रस्तावमा रु ५ दरका १५ करोड थान सिक्का टकमरी गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृत दिनेनिर्णय भएको छ । साईवर सुरक्षा नीति स्वीकृत भएको छ । बैंकिङ कसुर तथा सजायसम्बन्धि विधेयक संसदमा पेश गर्न स्वीकृत दिइएको छ ।’

उहाँले  बैंकिङ कसुर तथा सजाय सम्बन्धि विधेयक संसदमा पेशगर्न पनि मन्त्री परिषद्ले स्वीकृत दिइएको बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!