संविधानको सार्थक कार्यान्वयन नेपाली काँग्रेसले मात्रै गर्न सक्छः गगन थापा

श्रावण २३, २०८० मंगलबार

सत्तारुढ प्रमुख घटकनेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले संविधानको सार्थक कार्यान्वयन आफ्नो पार्टीलेमात्रै गर्न सक्ने दावी गर्नु भएको छ । विश्व आदिवासीदिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँलेसंविधानलाई सुधार गर्दै लैजाने, त्यसको सार्थक कार्यान्वयनको माध्यामबाट नेपालीजनताको चाहनालाई पूरा गर्दै लैजाने काम नेपाली काँग्रेसबाहेक अन्य दलले गर्ननसक्ने बताउनु भएको हो । महामन्त्री थापाले काँग्रेससँग समन्वयका साथ संविधानको सार्थककार्यान्वयन गर्दै अघि बढने तागत रहेको जिकीर समेत गर्नु भयो । उहाँले कतिपय दललेसंविधानमा किञ्चित सुधार आवश्यक नभएको भन्ने गरेको, कतिपय दलले भने त्यसकोआमूल परिवर्तन गर्नुपर्छ भन्ने गरेको उल्लेख गर्दै काँग्रेसले उनीहरुलाई समेतनेतृत्व गर्दै संविधानमा आवश्यक सुधार गर्दै लैजाने समेत बताउनु भयो ।

महामन्त्रीथापाले भन्नु भयो, ‘यो संविधान अपर्याप्त छ। यसलाई पर्याप्त बनाउने हो । यसलाई थप सुधार गर्दै लिएर जाने हो । र, काँग्रेसलेनै यसलाई सार्थक कार्यान्वयन पनि गर्दैगर्दै लिएर गएर यही व्यवस्था भित्र हामी सबैकोचाहनाहरुलाई सम्बोधन गर्दै जाने स्थिति बनाउने छ भन्ने खालको अवस्थामा हामीलेपु¥याउनु पर्छ । हामीले त्यो जिम्मेवारी निर्वाह गर्न सकेनौं भने अरु कसैले पनि त्योभूमिका निर्वाह गर्न सक्दैन । यो मैले अहंकार राखेर भनेको होइन । नेपालीकाँग्रेससँग त्यो समन्वय गर्ने तागत छ । ’

महामन्त्री थापालेसबै नेपाली देशभक्त हुन भन्ने मान्यताको आधारमा नेपाली काँग्रेस अघि बढने बताउनुभयो । उहाँले सबै जाति, धर्म, संस्कार र संस्कृतिको उत्तिकै सम्मान गरेर मात्रै सबैनेपालीलाई देशभक्त बनाउन सकिने भएकाले त्यो काममा नेपाली काँग्रेस प्रतिवद्ध भएर लाग्नेआश्वासन समेत दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!