राजनितिक दलका नेताका कारण संसद् बैठक रोक्न मिल्दैन : रवि लामिछाने

श्रावण २३, २०८० मंगलबार

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रविलामिछानेले राजनीतिक दलका शिर्ष नेताका कारण संसद् बैठक रोक्न नमिल्ने बताउनु भएकोछ ।

प्रतिनिधि सभाको मङ्गलबार बसेकोबैठकमा बोल्दै सभापति लामिछानेले कुनै राजनीतिक दलबिच कुरा नमिल्दा संसद् बैठक रोक्न नमिल्ने बताउनु भएको हो । उहाँले सभामुखले भनेको समयमा घण्टी बज्नै पर्ने र संसद बैठक चल्नैपर्ने बताउनुभयो । उहाँले संसद बैठक चल्ने बेलामा तिनजना शिर्ष नेताहरु मिलेर किन सल्लाह गर्नुप¥यो भनि प्रश्न समेत गर्नुभयो । उहाँले वर्षौ देखिको राजनीतिक हस्तक्षेपले राज्यका निकायहरुलाई निकम्मा बनाइरहेको बताउनुभयो । सभापति लामिछानेले हरेक निकायमा दलका नेताहरुले आफ्ना मान्छेलाई भर्ति गरेका बताउनुभयो । उहाँले भन्नुभयो– ‘सदन चल्ने तोकिएको समयमा सदन किन चल्दैनन ? सदन चल्ने बेला तिन जना शिर्षनेताहरु मिलेर सल्लाह गर्नुपर्ने किन ? प्रत्येक दिन सदन  चल्छ भनेर जनताका प्रतिनिधीहरु बसिरहेका छन् । यो क्रियाकलापलाई रोक्न जरुरी छ । हामीलाई आशंका छ,केहि दलका केहि नेताहरु बसेर यतिका जनप्रतिनिधिका तर्फबाट निर्णय गरेर यो सदनलाई बन्धकबनाउन पाउँदैन । तोकिएको समयमा सदन चल्छ भनिसकेपछि सदनमा घण्टी बज्नैपर्छ । असन्तुष्टीअभिव्यक्ति गर्ने ठाउँपनि यहि हो । आफ्ना कुरा राख्ने ठाउँपनि यहि हो । संसद् चल्नेर नचल्ने भनेको कुनै अमुक दलको कुरा मिल्दा र नमिल्दा होइन । यहाँ नेपाली जनताकामुद्धामा छलफल हुनुपर्छ । शिर्ष नेताहरुको छलफल भइसकेपछि बिभिन्न भागवण्डाका कुराहरुआउँछन् । भागवण्डाको कुरा आइसकेपछि फेरी संसद् चलिरहेको छ । संसदीय समितिकोभागवण्डापनि मिलिसक्यो होला । त्यही भागवण्डा मिलेर पनि संसद् सहज भएको हुन सक्छ ।यदी त्यसो हो भने हामी खुसी छौँ । रास्वपा सैद्धान्तिक रुपमा प्रमुख प्रतिपक्षी बन्न गयो। कुनैपनि संसदीय समितिमा ठाउँ छैन । तर, यसबाट हामी चिन्तित छैनौं । हामीलेआफूलाई अझ जिम्मेवार भएको महसुस गरेका छौं । आफ्ना मान्छे भर्ति गरेकोठाउँमा नागरिकको विश्वास छैन भनेर हामी कुर्लिन मिल्छ ? आफ्ना मान्छेलाई भर्तिगरेका कारण नेपाली जनतालाई विश्वास छैन । कयौं प्रतिवेदनहरु सिरानीमूनिलुकाएर राखिएका छन् । कहाँ गए ति प्रतिवेदनहरु ? यी सबै कुराको छानविन हुनुपर्छ ।

सरकारले एउटा हातले एयरपोर्टमा छोडेतापनि सिनामङ्गलमा अर्को हातले समायो भनेरखुसी हुन त सकिन्छ तर, सिनामङ्गलबाट लात्ताले प्वाक्क हानेर छोडीदियो भन्न सकिन्थ्योहोला त । सिनामङ्गलमा नसमातेको भए मालिक कहाँ पुग्थ्यो होला नी । गृहमन्त्रीलाईहौसला बढाउनका लागि अघि बढेको राजनितीक दल हौं हामी । उहाँलाई हौंसलामा कमिनआओस भनेर निरन्तर साथ दिइरहेका छौं । गृहमन्त्रीलाई प्रश्न छ, बाटोमा समातिएकोसुन मालिककहाँ जान किन नदिएको होला ? तीन दिनपछि कम्पनीमा छापा मारियो, तीनदिनसम्म किन नपुगीएको होला ? तीन दिनपछि पुग्दा ब्रेक सु नभएको खाली डब्बाहरुभेटियो । त्यो समय किन दिइएको होला ? २० दिनसम्म राजस्व अनुसन्धानको छानविनमाप¥यो, जब दबावहरु बढ्दै गए अहिले सीआइबी तर्फ गएको छ । यो २० दिनमाअनुसन्धानलाई प्रभावित हुने कयौं क्रियाकलापहरु भए होलान् । प्रमाण लुकाउने, विदेशभाग्ने काम भए । यी कामहरुको जबाफ कसले दिन्छ ?’सभापति लामिछानेले एमाले संसदीयसमिति सभापतिको भागबन्डामा लागेको भन्दै यसो हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी संसदकोप्रमुख प्रतिपक्षी दल बनेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!