पशुपंक्षी औषधि बजार प्रतिनिधि संधद्वारा बृक्षरोपण गरिने

नारायणघाट, साउन २५ , २०८०ः

नेपाल पशुपंक्षी औषधि बजार प्रतिनिधि संध, नारायणघाट शाखाको आयोजनामा भोलि साउन २६ गते बृक्षरोपण गरिने भएको छ।

“बृक्षरोपण गरौ, बाताबरण जोगाऔं” भन्ने मुल नाराका साथ भरतपुरको भेटेरिनरी अस्पताल तथा पशु बिज्ञ केन्द्र परिसरमा बृक्षरोपण गर्न लागेको हो।

“जिल्ला बन कार्यालय चितवनको प्राबिधिक सहयोगमा म्यांगो स्टिरिट ३० बोट, राजबृक्ष १० बोट र फलफुलको १० बोट गरी करिब ५० बोट बिरुवा भेटेरिनरी अस्पताल तथा पशु बिज्ञ केन्द्र परिसरमा रोपिने छ।” नेपाल पशुपंक्षी औषधि बजार प्रतिनिधि संध, नारायण्घाट शाखाका अध्यक्ष बिष्णु बस्नेतले जानकारी दिनु भयो।

बृक्षरोपण कार्यक्रममा पशु बिज्ञ केन्द्रका प्रमुख सुशिल केसि तथा नेपाल पशुपंक्षी औषधि ब्यबसायी संघ चितवन शाखाका अध्यक्ष लक्ष्मिलाल घिमिरेको बिशेष उपस्थिति रहने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!