नेपाल पशुपन्छी औषधि बजार प्रतिनिधि संघद्वारा बृक्षारोपण ः करिब ५० बोट बिरुवा रोपियो

बृक्षारोपण गरिएका बोटहरुको उचित संरक्षण गर्ने अध्यक्ष बस्नेतको प्रतिबद्दता

भरतपुर चितवन, साउन २६, २०८०ः

नेपाल पशुपन्छी औषधि बजार प्रतिनिधि संघ नारायणगढ शाखाको आयोजनामा आज भरतपुरको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको परिसरमा बृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ। जिल्ला वन कार्यालय चितवनको सहकार्यमा केन्द्र परिसरमा बिभिन्न जातका करिब ५० बोट बिरुवाहरु रोपिएको छ।

पशुपन्छी मत्स्य केन्द्र, बागमती प्रदेशका प्रमुख डा. गौरिमान श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको बृक्षरोपण कार्यक्रममा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भरतपुरका प्रमुख डा सुशील के.सि., नेपाल पशुपन्क्षी औषधि व्याबसायी संघ, चितवन शाखाका अध्यक्ष लक्ष्मिलाल घिमिरेको बिशेष उपस्थिति रहेको थियो।

नेपाल पशुपन्छी औषधि बजार प्रतिनिधि संघ नारायणगढ शाखाका अध्यक्ष विष्णु बस्नेतको सभापतित्वमा भएको उक्त कार्यक्रमको संचालन संघका उपाध्यक्ष नवीन दाहालले गर्नु भएको थियो भने संघका सदस्य श्री हरि केसिले प्रमुख अतिथि तथा अतिथिहरुलाई खादा लगाएर स्वागत गर्नु भएको थियो।

बृक्षारोपण गरौ, हरियालि जोगाऔ भन्ने मुल नाराका साथ शुरु भएको उक्त कार्यक्रममा भेटेरिनरी अस्पतालका सम्पुर्ण डाक्टर, कर्मचारीबर्ग लगायत आयोजक संस्थाका सम्पुर्ण सदस्यहरुको उपस्थिति रहेको थियो। संघले यस्ता सामाजिक कार्यहरु आगामी दिनहरुमा पनि निरन्तर रुपमा संचालन गर्ने प्रतिबद्द्ता जनाउनु भयो।

PC : Hari KC

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!