संगठन निर्माण गर्दा टुपि तानेर ल्याउने होइन, जनताले चुनिएका नै नेता हुनेछ ः उपमहासचिव जनार्दन शर्मा

परिवर्तन बिरोधि शक्तिको बिरुद्द वाईसियल काल बनेर उभिनु पर्छ।

मध्यपुर थिमि, साउन २७, २०८०ः

नेकपा (माओवादी केन्द्र) का केन्द्रीय उपमहासचिव एवं बागमती प्रदेश इन्चार्ज क जनार्दन शर्मा ‘प्रभाकर’ले पार्टी संगठनको नेतृत्व अब कसैले टुपि तानेर ल्याएकाले होइन, जनताले चुनेकाले सम्भाल्ने बताएका छन।

पार्टिको सहायक संगठन वाइसियल नेपालको मथ्यपुर थिमि नगर सम्मेलनलाई आज सम्बोधन गर्नु हुदै शर्माले भने, ” मूल्यांकन माथिका नेताले गरेर हुँदैन, अब तलकाले मूल्यांकन गरेर नेता चुन्ने बिधि बसालिन्छ ।” पार्टीमा माथिका नेतालाई मन नपरे राजनीति नै ध्वस्त बनाइदिन सक्ने अवस्था अन्त्य गर्न र नेतृत्वको वरिपरि घुमेर नेता बन्ने असक्षमहरु बाट पार्टीलाई बचाउन पनि निर्वाचन उत्तम बिकल्प भएको उनको भनाइ छ ।

समाजमा ब्याप्त बिभेद्को बिरुद्द आबाज उठाउन र समानताको लागि संघर्ष गर्न युवाहरुको महत्वपुर्ण भुमिका रहने कुराम जोड दिनु हुदै नेता शर्माले भन्नुभयो,” परिवर्तन बिरोधि शक्तिको बिरुद्द वाईसियल काल बनेर उभिनु पर्छ। “

तत्कालिन जनयुद्धका कमान्डर समेत रहेका पूर्व मन्त्री शर्माले जनयुद्धबाट प्राप्त उपलब्धीलाई हल्का रुपले हेर्न नहुनेमा जोड दिए । उनले तत्कालिन व्यवस्था बदल्न हजारौ शहिदले बगाएको रगत भुल्न नहुने स्पष्ट पारे । नयाँ पुस्ताले वर्तमान स्वतन्त्रता र अधिकारका लागि माओवादी केन्द्रलाई स्यावासी दिनुपर्ने उनले बताए।

नेता शर्माले युवाहरुलाई सामजिक संजाल मार्फत पार्टि र सरकारले गरेका राम्रा र सकारात्मक कामहरुको प्रचार गर्न निर्देशन दिनु भयो।

बिगतमा आफु मन्त्रि हुदा हनुमन्ते खोला फर्काउन खोज्ने तत्वहरुलाई ठाउको ठाउ कारवाहि गर्छु भने पछि खोला फर्काउने काम रोकिएको स्मरण गर्नु हुदै पुर्ब मन्त्रि शर्माले पछि कुनै पार्टिको सरकार आएपछि हाल खोला फर्काई सकेकोमा त्यस्तो गलत कार्यको युवाहरुले ्खबरदारी गर्नु पर्ने कुरा औल्याउनु भयो।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं भक्तपुर जिल्ला इन्चार्ज दिलिप कुमार प्रजापति, बागमति प्रदेशका मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार समेत रहेका केन्द्रीय सदस्य डिपी ढकाल, केन्द्रीय सदस्यद्वय प्रतिमा श्रेष्ठ र इन्दिरा अधिकारी एवं प्रदेश सभा सदस्य भावना श्रेष्ठ र जिल्ला संयोजक सुनिल बासुले समेतले समसामयिक राजनीतिक प्रशिक्षण प्रदान गरेका थिए।

कार्यक्रममा मध्यपुर थिमि नगर पालिकाका उप प्रमुख समेत रहेका पार्टिका नगर अध्यक्ष बिजय कृष्ण श्रेष्ठले नगर भित्र गरेका कार्यहरुको बारेमा चर्चा गर्नु भएको थियो।

शनिवार सम्पन्न वाइसिएलको दोश्रो मध्यपुर थिमि नगर सम्मेलनबाट सजन प्रजापतिको अध्यक्षतामा पैतालिस सदस्यीय कार्यसमिति निर्वाचित भएको वाइसिएलको केन्द्रिय सदस्य तथा भक्तपुर जिल्ला इन्चार्ज नरेश रन्जितले जानकारी गराए। कार्यक्रममा वाइसिएलका बागमती प्रदेश इन्चार्ज, केन्द्रीय सचिव दिनेश थपलिया आक्रोश, केन्द्रीय सदस्यहरु गोमा आले, राजु कुटु, बेदप्रसाद खरेल लगायत प्रदेश र जिल्लाका नेताहरु समेतको आतिथ्यता रहेको जिल्ला अध्यक्ष सरराज उप्रेतीले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!