उत्तरी म्यानमारमा पहिरो जाँदा दुई जनाको मृत्यु, ३० बढी बेपत्ता

श्रावण ३०, २०८० मंगलबार

उत्तरी म्यानमारको काचिन राज्यमा आईतवार गएको जेड खानीको पहिरोमा परी दुई जनाले ज्यान गुमाएका छन् ।

पहिरोमा अन्य ३० जना भन्दा बढी बेपत्ता भएको स्थानीय प्रहरीले सोमवार साँझ बनाएका हुन् । पहिरो आईतवार स्थानीय समयअनुसार दिउँसो ३ बजेतिर गएको आईतवार काचिन राज्यको हपाकान्त टाउनसिपको माना गाउँ नजिकैको जेड खानीमा रहेको हपाकान्त टाउनसिपका एक प्रहरी अधिकृतले बताउनु भयो ।

प्रहरी अधिकृतले भन्नुभयो, ‘अहिलेसम्म दुई जनाको शव निकालिएको छ, अन्य बेपत्ता छन् । करिव ८ जना घाइते हुनुहुन्छ ।’

काचिन राज्यमा विशेषतः हापाकान्त खानी क्षेत्रमा ठूलो पहिरो जाने गर्दछ । यसअघि जुलाई २०२० मा हपाकान्त क्षेत्रमा गएको पहिरोका कारण १७४ जनाको निधन भएको थियो भने ५४ जना घाइते भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!