भक्तपुर, भदौ ४, २०८०ः
भक्तपुर नगरपालिका सहकारी अनुगमन समितिको नेतृत्वमा भक्तपुर नपा वडा नं. ७ स्थित बागमती प्रदेशअन्तर्गतका बचत तथा ऋण सहकारी संस्थाको अनुगमन गरेको छ ।
आज अनुगमन भएको अधिकांश सहकारी संस्थाले भनपामा मासिक प्रतिवेश पेश नगरेको, विना धितो ऋण प्रदान गरेको, केही वर्षदेखि घाटामा सञ्चालन गरेको, ११ वर्षदेखि सञ्चालक परिवर्तन नभएको, मासिक बचत गर्ने कम रहेको, सञ्चालक समितिको निर्णय विना ऋण प्रदान गरेको, घाटामा गए पनि लाभांश वितरण गरेको, मुद्दतीलाई बढी ब्याज वितरण गरिएको, सामुदायिक हितको निम्ति गतिविधि नगरेको, सञ्चालक र कर्मचारीलाई सहकारीबारे ज्ञान नभएको सहकारी अनुगमन समितिका संयोजक हरिप्रसाद बासुकलाले बताउनुभयो। अनुगमन टोलीमा सहकारी समितिका सदस्यहरु हरिरत्न गोर्खाली, श्यामसुन्दर मातां र तारादेवी शाक्यको उपस्थिति रहेको थियो ।