प्रेस सेन्टर नेपालले प्रेस काउन्सीलको कार्यक्रम बहिष्कार गर्ने

काठमाडौँ, ६ असोज, २०८०ः

प्रेस सेन्टर नेपालले प्रेस काउन्सिल नेपालले आज आयोजना गर्ने भनेको कार्यक्रम बहिष्कार गर्ने भएको छ । काउन्सिलले मापदण्ड मिचेर पुरस्कार वितरण लगायतका गतिविधि गरेकोमा आपत्ती प्रकट गर्दै प्रेस सेन्टर नेपाल उक्त कार्यक्रममा सहभागि नहुने भएको हो ।

प्रेस सेन्टरका महासचिव सन्तोष पौडेलले सक्षम, क्रियाशील र योग्य पत्रकारहरुलाई पुरस्कृत गर्नुको साटो राजनीतिक आग्रह र निकटताका आधारमा पुरस्कारको वितरण गरेर काउन्सिलले आफ्नो विश्वसनीयता गुमाएको उल्लेख गर्दै प्रेस सेन्टरले आजको पुरस्कार वितरणको कार्यक्रम बहिष्कार गर्ने जानकारी दिए ।

प्रेस काउन्सिल जस्तो साझा संस्थाकाे गतिविधि, रबैया, पुरस्कार छनाैट र नाम सार्वजनिक गरेको हेर्दा एउटा अमुक पार्टीको संगठन भन्दा माथि नदेखिएकाले आजकाे वार्षिकोत्सव कार्यक्रममा प्रेस सेन्टर सहभागी नहुने महासचिव पौडेलले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!