‘अस्ताएको सूर्य भोलि फेरि उडाउने छ’

भक्तपुर, असोज ७, २०८०ः
कृष्ण किसि

भक्तपुरको दरवार क्षेत्रमा पुगेका पूर्व राजा ज्ञानेन्द्र शाहले आइतबार सर्वसाधारणसँंग पनि भेटघाट गरेका छन् । उनले भक्तपुर घुमघामपछि भक्तपुरको सल्लाघारीस्थित ग्रीनल्याण्ड होटेलमा पुगेर सर्वसाधारणलाई भेटघाट गर्न दिएका हुन् । सर्वसाधारणलाई भनिए पनि पहिला नै नाम लेखाएकाहरुलाई मात्रै होटेलमा प्रवेश गर्न दिइएको थियो ।

राजासँंग भेटघाट गर्न पुगेका स्वतन्त्र पत्रकार संघका केन्द्रिय स्ल्लाह्कार डा इन्दुल केसीले राजालाई भेट गरी आफूले भक्तपुरबासीकोतर्फबाट स्वागत गरेको बताए । साथै आफूले राजालाई आज अस्ताएको सूर्य भोलि फेरि उडाउँंनेछ भनी बताएको जानकारी दिए।

राजासँंग भेटघाटका लागि सयौं सर्वसाधारण लाइनमा रहेका थिए । लहरै आएका सर्वसाधारणलाई राजाले वढीमा एकएक मिनेट भेट दिएका थिए । साढे पांँचदेखि सुरु भएको भेट साँझ झण्डै सात बजेसम्म चलेको थियो । यो क्रममा राजासँंग सयौले पालैपाले भेट गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!