कंकाली माविको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा विसुराल चयन

चितवन, पुस २५, २०७९ः

रत्न काजि प्रजापति

चितवन जिल्ला खैरहनी नगरपालिका–१ मा रहेको कंकाली माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा समाजसेबी एबम ब्यबसायी ज्ञानबहादुर विसुराल चयन भएका छन् ।

आज भएको अभिभावक भेलाबाट बिसुराललाई अध्यक्ष पदमा मनोनित भएका हुन् ।

समाजिक क्षेत्रमा अति नै सक्रिय बिसुराल एक सफल पोल्ट्रि ब्यबसायी समेत हुन। उनि नेपाल कुखुरा व्यवसायी मन्चका उपाध्यक्ष , नेपाल हयाचरी उद्योग सघ केन्द्रिय समितिका उपाध्यक्ष, शिखर पोल्ट्रि ग्रुप अफ इन्डस्ट्रिजका अध्यक्ष एब उधोग बाणिज्य संघ रत्ननगरका पुर्ब अध्यक्ष समेत हुन।

त्यसैगरि विद्यालय व्यवस्थापन समितिका सदस्यहरुमा एकनारायण ढकाल, उद्धवप्रसाद खतिवडा, रिता पुरी महतो, गंगा थापा पोखरेल, सीता चौधरी, वडाध्यक्ष नवराज भुसाल र सदस्य–सचिव अन्जना आचार्य रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!