भक्तपुर, असोज २२, २०८०ः
कृष्ण किसि
पूर्व प्रशाशक, समाजसेवी डा इन्दुल केसीलाई पत्नीशोक परेको छ । उहाँंकी श्रीमती सावित्री केसीको आइतबार राति ११ बजे त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा निधन भएको छ । उहाँंको पार्थिव शवलाई सोमबार विहान अस्पतालबाट लिएर पशुपतिमा दाहसंस्कार गरिएको छ।
नेपाल सरकारको उपसचिवसम्म भएका पूर्व प्रशाशक डा केसी भक्तपुरको नासमनामा घर छ । तर पत्नी विरामी भएका कारण उहाँं काठमाडौको तीनकुने सुविधानगरस्थित छोराको घरमा वस्दै आउनुभएको थियो । उहाँंको पत्नी सावित्रीको यसअघि नै मुटुको सफल शल्यक्रिया भएको थियो ।
डा केसीका एक छोरा उज्ज्वल केसी र दुइ छोरीहरु हुनुहुन्छ । डा केसी स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रिय सल्लाहकार पनि हुनुहुन्छ । उहाँं पुराना पत्रकार पनि हुनुहुन्छ ।