दुवाकोट, असोज २२, २०८०ः
चाँगुनारायण नगरपालिका अनुगमन समितिका संयोजक एवं उपप्रमुख रमेश बुढाथोकीको नेतृत्वमा आज दुवाकोट क्षेत्रमा बजार अनुगमन गरिएको छ।
दुवाकोट एरियामा रहेको मिनिमार्ट र खाद्य पसलमा गरिएको अनुगमनका क्रममा दुवाकोट खाद्य स्टोरमा टाइचीन चिउरामा उपभोग्य मिति लेवल नभएको हुनाले अनुचित व्यवसायीक जन्य क्रियाकलाप गरिएको भन्दै पहिलो पटक सचेतनाका लागि उक्त खाद्य स्टोरलाई रु. पाचं हजार जरिवाना गरियो । पाथिभरा खाद्य स्टोरमा म्याद नाघेको धारा तेल ४ पाकेट, बिगुल तेल ४ पाकेट, दिव्य तेल ५ पाकेट, क्विक्स चिजवल ६० पाटेक, क्विक्स चिप्स ४० पाकेट र चोको फन चकलेट ३ वट्टा जफत गरि नष्ट गरिएको छ। साथै नगरपालिकामा दर्ता नभएकोले ७ दिन भित्र व्यवसाय दर्ता गर्न दिर्नेशन दिइयो ।
बस्ताकोटी किराना स्टोरमा बिक्री गर्न राखेको भुजियामा उपभोग्य मिति नभएको र प्याकेजिङ्ग सामानहरुलाई खाद्य अनुज्ञा पत्र लिई लेवल राखी मात्र विक्री वितरण र म्याद नाघेको सामानहरू छुट्टै राख्न निर्देशन दिईयो भने सचेतनाका लागि रु.दुई हजार जरिवाना गरियो । त्यस्तै के. एम. सि. किराना पसलमा प्याद नाघेको ध्यू १ वट्टा र कुकिज १ पाकेट नष्ट गरियो । साथै ७ दिन भित्र नगरपालिकामा ब्यबसाय दर्ता गर्न निर्देशन दिइयो । डेलि ग्रोसरी प्रा.लि.मा खरिद बिक्री्को रेकर्ड राख्न र म्याद नाधेको सामान छुटै देखिने ठाउँमा राख्न निर्देशन दिइयो ।
उक्त अनुगमनमा नगरपालिकाकाअनुगमन अधिकृत सुरज पौडेल, जि.प्र.का.का यादव मिश्र, चा.न.पा.–२ का वडा अध्यक्ष सोमबहादुर प्रधा, नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगत प्रजापति, भक्तपुुर उद्योग वाणिज्य संघका सचिव विश्वराम दुवाल, राष्ट्रिय उपभोक्ता मञ्च भक्तपुरका अध्यक्ष मनोज थापा, भक्तपुर घरेलु कार्यालयका सरस्वती पौडेल, चा.न.पाका सविन बुढाथोकी, प्र.व.ना. नि. दुवाकोटका किशोर ध्वज कार्की, चा.न.पाका धमेन्द्र थापा, प्र. ज. प्रविन थापा, ह.स.ना. रामेन्द्र बस्नेत प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।