काठमाण्डाै , असोज २२, २०८० ः
काठमाण्डाै जिल्ला अदालतमा आज देखि पारिवारिक इजलास शुरु भएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आज बिहान पारिवारिक इजलासको शुभारम्भ गर्नु भयो।
इजलासको शुभारम्भ गर्दै प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आफु प्रधानन्यायाधीश बन्दै गर्दा गरेका वाचाहरू पूरा गर्न पाउँदा खुशी लागेको बताउनुभयाे । उहाँले पारिवारिक इजलासले महिलावादी मुद्दा, महिलावादी अंश मुद्दा, नाताका मुद्दा, घरेलु हिंसासम्बन्धी मुद्दा र बालबालिकाका हित, सरोकार र हेरचाहसम्बन्धी जोडिएका मुद्दालाई छिटो न्याय निरूपण गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो ।
प्रधानन्यायाधीश श्रेष्ठले पारिवारिक इजलासले महिला र बालबालिकावादी मुद्दाको छिनोफानो चाँडो टुङ्ग्याउने भन्दै आउँदा दिनमा अन्य ठाउँमा पनि यस किसिमका इजलास विस्तार गर्ने बताउनुभयो । पारिवारिक इजलासमा बस्ने न्यायाधीशहरूले पनि इजलासको उद्देश्यलाई बुझेर न्याय निरूपण गर्न उहाँकाे आग्रह छ ।
मुद्दाको चापलाई हेरेर आउँदा दिनमा माना चामल मुद्दा, सम्बन्धविच्छेद लगायतका मुद्दा पनि पारिवारिक इजलासबाट निरूपण प्रधानन्यायाधीशले बताउनुभयो ।