इजरायलमा मारिएका नेपालीको सम्मानमा भोलि राष्ट्रिय शोकको घोषणा ः मृतकका परिवारलाई राहत स्वरुप १० लाख

काठमाडौं , असाेज २२, २०८० ः

प्यालेस्टाइनको हमास आतंकवादी समूहको आक्रमणमा परी इजरायलमा १० नेपालीको मृत्यु भएपछि सरकारले राष्ट्रिय शोकको घोषणा गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले भोलि मंगलबार एक दिन राष्ट्रिय शोकको घोषणा गरेको हो ।

मंगलबार देशभरका सरकारी कार्यालय र विदेशस्थित कूटनीतिक नियोगको राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएको सरकारको प्रवक्ता समेत रहेकी सूचना तथा सञ्चारप्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । मन्त्री शर्माले देशभर बिदा दिएको नभइ राष्ट्रिय शोकको घोषणा मात्रै भएको स्पष्ट गरिन् ।

यस्तै मृतकका परिवारलाई राहतस्वरुप रु १० लाख रुपैयाँ दिने निर्णय पनि भएको मन्त्री शर्माले बताइन् । उक्त रकम अर्थ मन्त्रालयलले गृह मन्त्रालय मार्फत निकासा गर्नेछ। यस्तै मृतकहरुको शव यथाशीघ्र नेपाल ल्याउन आवश्यक पहल गर्ने पनि मन्त्रिपरिषद्ले निर्णय गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!