काठमाडौँ, असोज २४, २०८०ः
बिद्द्युतिय चुरोट (भेप) मा लुकाएर सुन तस्करी गरेको आरोपमा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल ्महरा सहित चार जनाविरुद्ध आज काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।
सङ्गठित अपराध, भन्सार छलीलगायत कसुर गरेको आरोपमा निजविरुद्ध मुद्दा दायर गरिएको जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख, सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेले बताउनुभयो ।
उक्त कसुर गरेको आरोपमा राहुलसहित काठमाडौँका लोकेन्द्रकुमार पौडेल, कपुरधारा बस्ने बेल्जियमका नागरिक दावा छिरिङ, काठमाडौँको बौद्धका निमा गुरुङविरुद्ध अभियोजन दर्ता भएको सहन्यायाधिवक्ता न्यौपानेले बताउनुभयो । अभियुक्त निमा हाल फरार छ भने दावा ६१ किलो सुन तस्करीका आरोपी समेत हुन्। अघिल्लो वर्ष २०७९ पुस १० गते दुबईबाट भेपमा लुकाएर करिब नौ किलो सुन तस्करी भएको थियो ।