मध्यपुर थिमि, असोज २४, २०८०ः
रत्न काजि प्रजापति
ऐतिहासिक एब पौराणिक जात्रा मध्यपुर थिमिको जिब्रो छेड्ने जात्रामा दोश्रो पटक जिब्रो छेड्ने साहसिक सांस्कृतिक ब्यक्तित्व मध्यपुर थिमि वडा न ५ का बालकराम नानी श्रेष्ठलाई सजिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सम्मान गर्ने भएको छ।

यहि असोज १२ गते मध्यपुर थिमिको दिगु टोलमा बालकरामले दोश्रो पटक जिब्रो छेडाएका थिए। बिश्वमै दुर्लभ मानिएको मध्यपुर थिमिको जिब्रो छेड्ने यस बर्षको जात्रामा साहसिक एब सांस्कृतिक ब्यक्तित्व बालकराम नानी श्रेष्ठले करिब १ शताब्दि पछि भ्ये (महादिप) बोकेर पैदलै थिमि देखि पशुपति सम्म पुगेर पशुपतिनाथ र गुह्येश्वरीको दर्शन गर्नु भएको थियो। करिब ८ घण्टा भन्दा बढि समय सम्म जिब्रोमा सियो सहित माहादिप बोकेर पैदलै नगर परिक्रमा गरेका बालकरामको यो साहसिक कार्य बिश्वमै दुर्लभ मान्न सकिन्छ।

“मध्यपुर थिमिमा येंया पुन्हिको दिन मनाइने में प्वा खनिगु जात्रा (जिब्रो छेड्ने जात्रा) मा दोश्रो पटक जिब्रो छेड्नु भै करिब एक सय नौ बर्षको इतिहास दोहर्याउदै पशुपतिनाथ मन्दिर सम्म पैदलै दर्शन गर्ने ्कठिन साहसिक ऐतिहासिक र सांस्कृतिक कार्य सफलता पुर्बक सम्पन्न गरेकोमा उहालाई सम्मान गर्न लागेका हौ। ” सजिलो साकोसका अध्यक्ष गंगा प्रजापतिले बताऍ।
सम्मान कार्यक्रम यहि असोज २८ गते आइतबार बिहान ८ बजे संस्थाको प्राङ्गण हातिमहांकालमा गरिने छ।