नेपाल पशुपन्छी औषधि बजार प्रतिनिधि संघको बिराटनगर शाखा गठन ः अध्यक्षमा मदन लामिछाने

बिराटनगर, असोज २७, २०८०ः
रत्न काजि प्रजापति

नेपाल पशुपन्छी औषधि बजार प्रतिनिधि संघको बिराटनगर शाखा गठन गरिएको छ। बिराटनगरमा आज सम्पन्न भएको पशुपन्छी औषधि बजार प्रतिनिधिहरुको बृहत भेलाले मदन लामिछानेको अध्यक्षतामा शाखा समिति गठन गरिएको हो।

नबगठित कार्यसमितिको उपाध्यक्षमा उमेश गिरी, सचिबमा नबिन कोइराला, सहसचिबमा ललित मण्डल र कोषाध्यक्षमा सुकेश पटेल चयन भएको छ।
त्यसैगरी सदस्यहरुमा सुशिल कटुवाल, अर्जुन चौधरी, सन्तोष यादब, सरोज साह, दिनेश भट्टराई र शेखर चौधरी चुनिएका छन।

बिराटनगर र इटहरी आसपासका क्षेत्रलाई आधार बनाएर कार्यरत रहनु भएका भेटेरिनरी औषधिको बिक्री तथा बजार प्रतिनिधिहरुको पेशागत हकहितको संरक्षण तथा पेशालाई मर्यादित बनाऊने उद्देश्य सहित संघको शाखा गठन गरिएको नबनिर्वाचित अध्यक्ष लामिछानेले बताऊनु भयो।

भेटेरिनरी क्षेत्रका बिभिन्न सरोकारवालाहरु मध्ये आफुहरु पनि त्यसको एक हिस्सा भएको बताऊदै अध्यक्ष ्लामिछानेले यस क्षेत्रमा कार्यरत साथिहरु बिच भावानात्मक सम्बन्ध स्थापित गर्नुका साथ साथै पेशालाई मर्यादित बनाऊदै ब्याबसायिक हकहितको लागि लागिरहने प्रतिबद्दता ब्यक्त गर्नु भयो।

PC: Bhuwan Khatiwada

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!