नेपाल पशुपंक्षी औषधि बजार प्रतिनिधि संघ नारायणगढ शाखाको शुभकामना कार्यक्रम सम्पन्न

१२ जना बजार प्रतिनिधि दिर्घसेवा सम्मानबाट सम्मानित

नारायणगढ, असोज २८, २०८०ः
रत्न काजि प्रजापति

नेपाल पशुपंक्षी औषधि बजार प्रतिनिधि संघ नारायणगढ शाखाले आयोजना गरेको शुभकामना आदानप्रदान तथा दिर्घ सेवा सम्मान कार्यक्रम सम्पन्न भएको छ। नेपाल पशुपंक्षी औषधि बजार प्रतिनिधि संघ नारायणगढ शाखाले आउदै गरेको बडादशै, शुभ दीपावली, नेपाल सम्बत ११४४ एंब छठपर्बको उप्लक्ष्यमा उक्त कार्यक्रमको आयोजना गरेको थियो।

नेपाल पशुपंक्षी औषधि ब्यबसायी संघका केन्द्रिय अध्यक्ष पुर्ण चन्द्र सापकोटाको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा बिशेष अतिथिको रुपमा नेपाल पशुपंक्षी औषधि ब्यबसायी संघका बागमति प्रदेश अध्यक्ष ईश्वरी आचार्य र नेपाल पशुपंक्षी औषधि ब्यबसायी संघका नारायणगढ शाखा अध्यक्ष लक्ष्मिलाल घिमिरे अतिथिको रुपमा उपस्थित हुनु हुन्थ्यो।

त्यसैगरी नेपाल पशुपंक्षी औषधि बजार प्रतिनिधि संघ, नारायणगढ शाखाका निवर्तमान अध्यक्ष परशुराम न्यौपाने, संघका सल्लाहकार महेश्वर ढकाल, जीवन प्रकाश भट्टराई र विबेक खडका पनि अतिथिको रुपमा हुनुहुन्थ्यो।

संघका उपाध्यक्ष नबिन दाहालले स्वागत मन्तब्य राख्नु भएको उक्त कार्यक्रममा हरि के. सि. र जयराम नेपालले सहभागी सम्पुर्णलाई खादा लगाएर स्वागत गरेका थिऍ।

 

बजार प्रतिनिधि पेशामा निरन्तर रुपमा १० बर्ष भन्दा बढी काम गरेका १२ जना सदस्यहरुलाई संघले दिर्घसेवा सम्मान प्रदान गरेको थियो। उक्त सम्मान पाउने सदस्यहरुमा हरि के.सि., राजन अर्याल, जयराम नेपाल, अमिर मिया, अजय कुमार साह, पारस साह, रमेश पौडेल, सतिष राय, ओम प्रकाश साह, कबिन्द्र जि.सि., ज्ञानेन्द्र रेग्मी र सन्जय कुमार सिंह हुनु हुन्छ। सम्मानित सदस्यहरुलाई प्रमुख अतिथि, बिशेष अतिथिहरुले दोसल्ला ओढाई सम्मान पत्रका साथ सम्मान गरेको थियो।

संघको शाखा अध्यक्ष बिष्णु बहादुर बस्नेतको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रमको संचालन संघका सचिब दयाराम कंडेलले गर्नु भएको थियो। भरतपुर नगरपालिका वडा न ७ कृष्णपुरमा रहेको होटल प्यागोडामा आयोजित उक्त कार्यक्रममा शाखाका सम्पुर्ण ६५ जना सदस्यहरुको उपस्थिति रहेको थियो।

PC: Bibek Khadka, Hari KC

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!