आगामि अधिबेशनमा अध्यक्षमा मेरो उम्मेदबारी कायम नै छ।
हेटौडा, असोज २७, २०८०ः
रत्न काजि प्रजापति
नेपाल पशुपंक्षी औषधी ब्यबसायी संघका केन्द्रिय बरिस्ठ उपाध्यक्ष रितेश रिमालले आउने २ बर्ष भित्रमा संघका सम्पुर्ण सदस्यहरुलाई ब्यबसायी तालिमको ब्यबस्था हुने कुरामा ढुक्क रहन आग्रह गर्नु भयो। हेटौडामा आज भएको नेपाल पशुपंक्षी औषधी ब्यबसायी संघ मकवानपुर जिल्ला शाखाको छैठौ साधारण सभा तथा तेश्रो अधिबेशनलाई सम्बोधन गर्नु हुदै बरिस्ठ उपाध्यक्ष रिमालले ब्यबसायीहरुको हकहितको संरक्षणको लागि आफु हरसमय लागि रहेने बताउनु भयो।
संसदमा पेश हुने औषधी तथा स्वास्थ्य सामग्री (नियन्त्रण तथा नियमन) सम्बन्धमा ब्यबस्था गर्न बनेको विधेयक अन्तर्गत नयां एन संशोधन गरेर कार्यबिघि बनेको छ। यो नियम मानब औषधीमा आगामि बर्ष देखि नै लागु हु्नेछ भने पशु औषधीको सम्बन्धमा आफुहरुले सम्बन्धित बिभाग संग आबश्यक छलफल गरेर कहिले देखि लागु गर्न सकिने हो भनि समन्वयकारी भुमिका खेलिरहेको बरिस्ठ उपाध्यक्ष रिमालले बताउनु भयो। “यदि यो नियम तुरुन्तै लागु भएमा हाम्रा थुप्रै ब्यबसा्यी साथिहरु बिस्थापित हुनु पर्ने अबस्था आउन सक्छ।” उपाध्यक्ष रिमालले भने।

देशको संबिधान अनुरुप ब्यबसायी संघ प्रादेशिक संरचनामा गैसकेको र सोहि अनुरुप केन्द्र, प्रदेश र जिल्ला तहमा संघको समितिहरु गठन भै सकेको अबस्थामा अब जिल्ला, प्रदेश र केन्द्रले आफुले गर्ने कार्य शैलीमा परिबर्तन गर्नुआबश्यक रहेको उहाले बताए।अब जिल्ला समिति, प्रदेश समितिहरुले जिल्ला र प्रदेशमा रहेका आफ्ना एसोसियट संघसंस्थाहरु संग सहकार्य गर्दै अधि बद्नु पर्ने बताउदै रिमालले एक अर्का संग सहकार्य गर्दै सहि समन्वय गर्दै अघि बढेमा जिल्ला तह बाटै थुप्रै समस्याहरु समाघान गर्न सकिने बिश्वास ब्यक्त गरे। रिमालले केन्द्रले बिभिन्न संघ संस्थाहरु संग सहकार्य गरिरहेको बताउनु भयो।
मकवानपुर जि्ल्ला समितिले थुप्रै गौरबपुर्ण कार्यहरु गरेको स्मरण गर्नु हुदै बरिस्ठ उपाध्यक्ष रिमालले अब आउने नया कार्यसमितिले त्यस कार्यलाई निरन्तरता दिने बिश्वास ब्यक्त गरे।
रिमालले संघको चितवनमा हुने आसन्न महाधिबेशनमा आफ्नो अध्यक्षको उमेद्द्बारी रहने कुरा दोह्र्याउदै सम्पुर्ण सदस्यहरुलाई सहयोगको लागि अनुरोध पनि गर्नु भयो।
संघको कार्यबाहक अध्यक्षको पद सम्हाली सकेका बरिस्ठ उपाध्यक्ष रिमाललाई आगामि महाधिबेशनमा निर्बिकल्प अध्यक्षको रुपमा लिन थालिएको चर्चा छ।