चपाचो बिकास समितिको बार्षिक कार्यक्रम सम्पन्न ः स्थापनाको पहिलो बर्षमै उल्लेखनिय कार्य सम्पादन

मध्यपुर थिमि, असोज २८, २०८०
रत्न काजि प्रजापति

चपाचो बिकास समितिको प्रथम बार्षिक कार्यक्रम आज सम्पन्न भएको छ। मध्यपुर थिमि नगरपालिकाका प्र्मुख सुरेन्द्र श्रेष्ठको प्र्मुख आतिथ्यतामा तथा उपप्रमुख बिजय श्रेष्ठको बिशेष आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो।

२०७९ बै्शाख १ गते चपाचो टोलबासीहरुको बृहत भेलाले आशाकाजि प्रजापतिको अध्यक्षतामा १५ सदस्यिय समिति गठन गरेको थियो। समितिको उपाध्यक्षमा पुर्ण केशरी प्रजापति, सचिबमा रामचन्द्र प्रजापति,सहसचिबमा अन्जली प्रजापति र कोषाध्यक्षमा राधेश्याम प्रजापति चयन भएको थियो। त्यसैगरी समितिको सदस्यहरुमा चन्द्रकृष्ण प्रजापति, दिल कृष्ण प्रजापति,बिष्णु बहादुर प्रजापति,बाबु क्र्ष्ण प्रजापति, राम नर्सि प्रजापति,गजेन्द्र प्रजापति, हरि चन्द्र प्रजापति, उर्मिला प्रजापति र प्राण माया प्रजापति रहेका थिए।

चपाचो टोलको सामुदायिक बिकास गर्नुका साथै ्टोलबासीको सामाजिक, आर्थिक एब सांस्कृतिक उत्थान गर्ने उ्द्देश्यका साथ गठन भएको समितिले यस बर्ष आफ्नो लागि सामुदायिक भवनको ब्यबस्था गर्नुका साथै वडाको बजेट्मा टोलकै महत्वपुर्ण सम्पदा मण्ड फल्चाको पुनर्निर्माण सम्पन्न गरेको छ।

यहि समितिको पहलमा टोलमा जिबित संग्रहालय बनाउनको लागि रु तिस लाख बजेट बिनियोजन गराउन सफल भएको छ। साथै यहि समितिको आयोजनामा करिब ३२ बर्ष पछी चपाचो टोलबाट थिमि भैलः चपाच्व २०८० को सफलतापुर्बक प्रदर्शन गर्न सफल भएको छ।

कार्यक्रममा समितिका सचिब रामचन्द्र प्रजापतिले समितिको प्रगति बिबरण पेश गर्दै समितिले आगामि दिनहरुमा टोलबासीहरुको आर्थिक, समाजिक, सांस्कृतिक र सामुदायिक बिकासको लागि थुप्रै योजनाहरु अघि सारेको बताउनु भयो। संस्थाका अध्यक्ष आशाकाजि प्रजापतिको अध्यक्षतामा भएको उक्त कार्यक्रममा समितिका सचिब राधेश्याम प्रजापतिले स्वागत मन्तब्य राखेका थिए।

PC: Suresh Khwaka Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!