थिमि भैलः चपाच्व २०८० को आय ब्यय बिबरण सार्बजनिक ः नगरउपप्रमुख बिजय श्रेष्ठबाट बिबरण सार्बजनिक

संस्कृति संरक्षण एब प्रबर्धनको लागि गुरुयोजना बनाउदै नगरपालिका ः उपप्रमुख बिजय श्रेष्ठ

बचत रकम सांस्कृतिक संरक्षण कोषमा राखेर ब्यबस्थापन गरिने ः संयोजक चन्द्रकृष्ण प्रजापति

मध्यपुर थिमि, असोज २८, २०८०ः
रत्न काजि प्रजापति

थिमि भैलः चपाच्व २०८० को आय ब्यय बिबरण एक समारोहका बिच सार्बजनिक गरिएको छ। मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख तथा कार्यक्रमका बिशे्ष अतिथि बिजय क़ृष्ण श्रेष्ठबाट उक्त आय ब्यय बिबरण सार्बजनिक गर्नु भएको हो।

थिमि भैलः चपाच्व २०८० को आयोजक ्संस्था चपाचो बिकास समितिको बार्षिक कार्यक्रम तथा थिमि भैलः चपाच्व २०८० को आय ब्यय बिबरण सार्बजनिकरण कार्यकमलाई संबोधन गर्नु हुदै उपप्रमुख श्रेष्ठले सम्पदाको संरक्षण नगरपालिकाको एक्लो पहलमा मात्र संभब नहुने भन्दै स्थानियहरुको सम्पदा संस्कृति संरक्षण प्रतिको लगाब र भावनाको कारण नै संस्कृति जगेर्ना भैरहेको बताउनु भयो।

मध्यपुर थिमि सांस्कृतिक नगरी भएर पनि स्थानियले यसबाट आर्थिक लाभ लिन नसकिरहेको अबस्थामा नगरपालिकाले अब संस्कृतिलाई पर्यटन संग जोडेर स्थानियको आर्थिक उन्नति र संबृदिको लागि नगर्पालिकाले गुरुयोजनाको काम गरिरहेको जानकारी दिए।

मध्यपुर थिमिलाई पर्यटकिय गन्तब्य बनाउनको लागि नगरपालिकाले यहाको स्थानिय परम्परागत पेशाहरुको संरक्षण र प्रबर्धनको लागि कामहरु गरिरहेको बताए। उहाले थिमि भैल जस्तो कठिन कार्य सफलतापुर्बक सम्पन्न गरेकोमा आयोजक समितिलाई बधाई पनि दिनु भयो।

कार्यक्रमलाई संबोधन गर्नु हुदै थिमि भैल चपाच्व २०८० ब्यबस्थापन समितिका संयोजक चन्द्रकृष्ण प्रजापतिले थिमि भैलको भब्य र सफल प्रदर्शन पश्चात यस्ले मध्यपुरको संस्कृति र सम्पदा देश बिदेशमा समेत प्रचार प्रसार भएको बताउनु भयो। “टोलबासीहरुको संयुक्त प्रयासले जस्तो सुकै कठिन कार्य पनि सजिलै सम्पन्न गर्न सकिने सन्देश पनि यस्ले दिएको छ।” संयोजक चन्द्रकृष्ण प्रजापतिले बताए।

संयोजक प्रजापतिले थिमि भैलको आय ब्यय बिबरण प्रस्तुत गर्नु हुदै नगरपालिकाबाट सहयोग प्राप्त रकम रु चार लाख र वडा न ६ बाट प्राप्त रु एक लाख समेत गरेर जम्मा पचास लाख नौ हजार दुई सय सत्र रुपिया संकलन भएको र भैल नाच संचालन खर्च रु अठ्तिस लाख पन्चानब्बे हजार छ सय त्रिचालिस रुपिया भएको र सो पश्चात खुद बचत रकम रु एघार लाख तेह हजार पाच सय चौहतर रुपिया भएको जानकारी दिनु भयो। साथै खुद बचत रकम मध्ये ८० % रकम सांस्कृतिक संरक्षण कोषमा जम्मा गरिने र बाकि २०% रकम आयोजक संस्था चपाचो बिकास समितिमा रहने जानकारी संयोजक प्रजापतिले दिनु भयो।

सो कार्यक्रममा भैल संचालनको क्रममा संकलन भएको नाच संग सम्बन्धित भौतिक सामाग्रीहरु सहित नगद रु पचास हजार रुपैया थिमि भैलः अक्षय कोष तुलननीलाई हस्तान्तरण गरियो। साथै भोज संग सम्बन्धित भौतिक सामाग्रीहरु बिश्व बिनायक धिमे खललाई हस्तान्तरण गरियो।

थिमि भैल चपाच्व २०८० लाई सफल बनाउन आर्थिक तथा भौतिक रुपमा सहयोग गर्नु हुने,भोज ब्यबस्थापनमा सहयोग गर्ने, नाच संचालनमा सहयोग गर्नु हुने सम्पुर्ण सह्रदयी महानुभाबहरुलाई संयोजक चन्द्र कृष्ण प्रजापतिले हार्दिक धन्यबाद ब्यक्त गर्नु भयो।

स्मरण रहोस, थिमि भैलः चपाच्व २०८० करिब ३२ बर्ष पश्चात थिमि टोलबाट प्रदर्शनमा आएको हो। कार्यक्रम समितिका अध्यक्ष आशाकाजि प्रजापतिको अध्यक्षतामा सम्पन्न भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!