कलेजो प्रत्यारोपणमा आत्मनिर्भर बन्दै राष्ट्रिय प्रत्यारोपण केन्द्र

भक्तपुर,असोज ३०, २०८०ः

देशमै पहिलो पटक कलेजो प्रत्यारोपण सेवाको शुरुवात गरेको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र केलेजो प्रत्यारोपणमा आत्मनिर्भर बन्दै गएको छ । संसारमै सबै भन्दा जटिल शल्यक्रिया मानिने कलेजो प्रत्यारोपण डा. पुकार चन्द्र श्रेष्ठको नेतृत्वमा स्वदेशी चिकित्सकको दक्षता बृद्धी हुँदै न्यूनतम शुल्क रु १५ लाखमा हुने गरेको छ र केन्द्र क्रमशः आत्मनिर्भर तर्फ उन्मुख हुँदै गएको छ ।

केन्द्रमा २०७३ मंसिर २२ गते दक्षिण कोरियाको सामसुङ्ग मेडिकल सेन्टरका चिकित्सकहरुको प्राविधिक सहयोगमा पहिलो पटक कलेजो प्रत्यारोपण भए पश्चात छिमेकी राष्ट्र भारतको विशेषज्ञ चिकित्सकहरुको सहयोगमा निरन्तरता पाउदै आएको र पछिल्लो ३ कलेजो प्रत्यारोपण केन्द्रले एक जना मात्र भारतीय चिकित्सकको प्राविधिक सहयोगमा गरी रहेको कुरा प्रत्यारोपण विज्ञ डा श्रेष्ठले बताउनु भयो । यही असोज २६ गते शुक्रवारका दिन भएको कलेजो प्रत्यारोपणमा भारतको लेकसोर अस्पतालका डा. शिल्भा कुमार नागानाथमले सघाएका थिए। काठमाण्डौ जिल्लाका ६२ बर्षिय सासुलाई उनकी ३७ वर्षिया बुहारीले आफ्नो आधा कलेजो दान दिएकी थिइन । अंगदाता र ग्रहणकर्ता दुवैको स्वास्थ्य सामान्य हुँदै गएको छ ।

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशक तथा मृगौला एवं कलेजो प्रत्यारोपण विशेषज्ञ डा. पुकार चन्द्र श्रेष्ठको नेतृत्वमा उक्त प्रत्यारोपण कार्य सम्पन्न भएको थियो । केन्द्रका शल्यचिकित्सक डा. रोशन घिमिरे, डा. सपना वर्मा, डा. रामबाबु साह, डा ललित कुमार दास, डा कर्ण राजवंशी, एनेस्थेसियोलोजिष्ट डा. आरती राई, डा निमा श्रेष्ठ, डा. सोभित थापा, डा रेखा श्रेष्ठ, डा रश्मीत श्रेष्ठ, डा. शिव सुन्दर राजचल, रेडियोलोजी विभागका डा. कृष्ण बुढाथोकी, डा समिर दवाडी, डा जश्मिन जोशी, प्याथोलोजि विभागका डा सविना श्रेष्ठ लगायतको टिम, फर्मेसी विभागका अनिष श्रेष्ठ लगायतको टिमको सहभागिता थियो भने प्रत्यारोपण कार्यको संयोजन डा निरु शर्मा, डा. गौरव पन्त र प्रशासकीय अधिकृत हरीहर पोखरेलले गर्नुभएको थियो ।

प्रत्यारोपण कार्यमा सघाउनको लागि ट्रान्सप्लान्ट कोर्डिनेटर तारा सांध, सनिषा कार्की, सरु कौजु, बन्दना खत्री, चाहाना बोगटी, डा बादल महर्जनको टोलि सहभागी हुनुहुन्थ्यो । ओ टी ईन्चाज बबिता लवजु सहित कामना वोगटी, ज्योति कोजू, कृष्णा गुरुङ, अनिता घजु, प्रियंका कारजित, केलिना के सी, राम चन्द्र पौडेल, अमर महर्जन, गणेश राम कॉज लागायतका टोली आई.सि.यु इन्चार्ज अनिता कार्की सहित जयन्ती ताम्राकार र सजना कासुला, दिपा के.सी, सिता अवाल लगायतले सघाउनुभएको थियो ।

कलेजो प्रत्यारोपणका साथै नेपालमा प्रथम पटक मस्तिष्क मृत्युबाट हुने मृगौला तथा कलेजो प्रत्यारोपणको शुरुवात गरेको यस केन्द्रले ११ वर्षको अवधिमा देशमा सबैभन्दा धेरै ११३७ जनाको मृगौला र १४ जनाको कलेजो प्रत्यारोपण समेत गरी सकेको छ ।

केन्द्रले अंग दान गर्न र मस्तिष्क मृत्यु पश्चात प्राप्त हुने अंग प्रत्यारोपण कार्य प्रवर्धन गर्नको लागि सबैमा अनुरोध गर्दै प्रतीक्षाको सूचीमा नाम लेखाउन समेत अनुरोध गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!