नियमित स्वास्थ्य जाँचका लागि प्रधानमन्त्री प्रचण्ड नर्भिकमा

काठमाडौं, असोज ३० गते ।

सम्माननिय प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नियमित स्वास्थ्य जाँचका लागि थापाथली स्थित नर्भिक अस्पताल पुग्नुभएको छ ।

प्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माका अनुसार उहाँ नियमित स्वास्थ्य जाँचपछि आज नै अस्पतालबाट निवास फर्कनु हुनेछ । शर्माले भन्नुभयो, “प्रधानमन्त्रीज्यू नियमित स्वास्थ्य जाँचका लागि अस्पताल पुग्नुभएको हो । स्वास्थ्य जाँचपछि आज नै अस्पतालबाट बालुवाटार फर्किनुहुन्छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!