काठमाडौँ २९, पुस २०७९ः
नेपाल भेटेरिनरी मार्केटिङ एसोसिएसनको काठमाडौँ युनिट पुनर्गठन गरिएको छ । आज काठमाडौंमा उपस्थित सदस्यहरुको भेलाले सन्तोष बस्नेतको अध्यक्षतामा कार्यसमिति पुनर्गठन गरेको हो । पुनर्गठित एसोसिएसनको उपाध्यक्षमा गणेश दुलाल, सचिवमा विष्णुमणि ढकाल, सहसचिवमा अमोज दाहाल, कोषाध्यक्षमा निर्मल सिलवाल चयन भएका छन । त्यसैगरि एसोसिसनको सदस्यहरूमा सरोज खड्का, सविन थापा, गणेश कार्की र नबिन चौलागाईं चयन भएका छन ।
भेटेरिनरी औषधिको बिक्री तथा बजार प्रतिनिधिहरुको पेशागत हकहितको संरक्षण तथा पेशालाई मर्यादित बनाऊने उद्देश्य सहित यो संघ गठन गरिएको अध्यक्ष बस्नेतले बताऊनु भयो।
भेटेरिनरी क्षेत्रका बिभिन्न सरोकारवालाहरु मध्ये आफुहरु पनि त्यसको एक हिस्सा भएको बताऊदै अध्यक्ष बस्नेतले यस क्षेत्रमा कार्यरत साथिहरु बिच भावानात्मक सम्बन्ध स्थापित गर्नुका साथ साथै पेशालाई मर्यादित बनाऊदै ब्याबसायिक हकहितको लागि लागिरहने प्रतिबद्दता ब्यक्त गर्नु भयो।
केहि दशक अगाडी नै संघ गठन गरिएको भएपनि यस्को बिधिवत दर्ता नगरिएको बताऊदै अध्यक्ष बस्नेतले आफ्नो कार्यकालमा संघको दर्ता गरिनुका साथै नारायणघाट, पोखरा र बिर्तामोडमा गठन गरिएको भेटेरिनरी औषधिको बिक्री तथा बजार प्रतिनिधिहरुको संघहरु संग सहकार्य गरिने बताऊनु भयो।
संघका सदस्य बिच संघको उपस्थितिको अनुभुति गराउन आफुहरुले सदस्यको जन्मदिन मनाऊने, सामाजिक बिपत्तिको बेलामा सहयोग गर्नुका साथै रक्तदान लगायतका सामाजिक कार्यहरु गर्दै आईरहेको बस्नेतले जानकारी दिनुभयो।
आफु लागायतका साथिहरुको सक्रियतामा दशक अगाडि स्थापना भएको संघले आजको दिनसम्म आउदा राम्रै कार्यहरु गरेको बताउदै बजार ब्यबस्थापक बिनय ढकालले बस्नेतको टिमलाई सफलताको शुभकामना दिनु भयो।
