सामाजिक सञ्जालमा चरित्र हत्या गर्ने युटुवर मनोज पक्राउ ः ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं, कात्तिक २३ ।

सामाजिक सञ्जालमा चरित्र हत्या गर्दै ब्ल्याकमेलिङ गर्ने युटुवर मनोज मानव भन्ने मनोजकुमार महतोलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ । जिल्ला अदालत काठमाडौंले आज मनोजलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न नेपाल प्रहरीको साइबर ब्यूरोलाई अनुमति दिएको हो ।

युटुवर मनोजले सामाजिक सञ्जाल टीकटक र फेसबुकमा आफ्नो तस्विर तथा श्रब्य दृष्य दुरुपयोग गरी चरित्र हत्या गर्ने उदेश्यले प्र्सारण गरेको भन्दै एक महिलाले दिएको उजुरीको आधारमा पक्राउ गरी अदालतमा पेश गर्दा सात दिनको म्याद थप भएको र आवश्यक अनुसन्धान जारी रहेका ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) पशुपतिकुमार रायले जानकारी दिनुभयो ।

रायका अनुसार निवेदनमाथि अनुसन्धान तथा प्राविधिक बिश्लेषण गर्दा साइबर अपराध लाग्ने देखिएपछि मनोजलाई पक्राउ गरिएको हो । मनोजको नागरिकतामाथि समेत प्रश्न उठेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!