काठमाडौँ, २३ कार्तिक ।
प्रधानमन्त्रीसहित मन्त्रीहरुको एक महिनाको तलब भूकम्पपीडितलाई दिइने भएको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्रीसहित मन्त्रीहरुको एक महिनाको पारिश्रमिक दिने निर्णय भएको जानकारी दिइन् ।
“प्रधानमन्त्रीलगायत मन्त्रिपरिषद्का सबै सदस्यहरुले भूकम्प पीडितका लागि एक महिनाको पारिश्रमिक दिने भन्ने निर्णय भएको छ,” उनले भनिन् ।