पाँच सय दरका २० थान नक्कली नोटसहित चौलागाई पक्राउ

मकवानपुर, कार्तिक २३, २०८०ः

हेटौंडा उपमहानगरपालिका-१५ नयाँवस्तीस्थित सडकबाट ५ सय दरका २० थान नक्कली नोट सहित सोही उपमहानगरपालिका-६ बस्ने ३० वर्षीय देवराज चौलागाईलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले प्र.२-०३-००९ प ३८९८ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटर चालक चौलागाईको साथबाट उक्त नक्कली नोट फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!