मध्यपुर थिमि, कात्तिक २४ गते ।
मध्यपुर थिमि गठ्ठाघर प्रबिन पेट्रोल पम्प पछाडि २ वटा घरको चेपमा जङगली जनावर चितुवा फेला परेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरले शुक्रबार बिहान गठ्ठाघरमा चितुवा फेला परेको जनाएको छ ।
चितुवाको आक्रमणबाट दुई जना घाइते भएका छन् ।्घाईतेहरुमा बर्ष ६५ की अमृता कँडेल र बर्ष ३३ की संगिता आलेमगर रहेका छन। घाइते दुवैजनाको उपचार भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । चितुवालाई डिभिजन वन कार्यालयको टोलीले डार्ट गरेर नियन्त्रणमा लिइसकेको छ ।
चितुवा नियन्त्रणमा लिएको हेर्न स्थानीयको ठूलो भिड जम्मा भएको थियो । सुरुमा चितुवाले स्थानीयलाई आक्रमण गरेको थियो ।