कोशी प्रदेश कार्य समितिको साथ र समर्थनबाट म निक्कै उत्साहित भएको छुः बरिष्ठ उपाध्यक्ष रिमाल

मोरंग, कार्तिक २४, २०८०ः
रत्न काजि प्रजापति

नेपाल पशुपंक्षी औषधि ब्यबसायी संघका केन्द्रिय बरिष्ठ उपाध्यक्ष रितेश रिमालले संघको कोशी प्रदेश कार्य समितिको साथ र समर्थनले आफु निक्कै उत्साहित भएको बताएका छन। संघको आसन्न अधिबेशनमा अध्यक्षको उम्मेदबारी घोषणा गरीसकेका रिमालले संघको कोशी प्रदेश कार्य समितिले आयोजना गरेको शुभकामना आदानप्रदान तथा मैत्रिपुर्ण फुटबल प्रतियोगिताको उदघाटन गर्नु हुदै उक्त कुरा बताएका हुन।

नेपाल पशुपंक्षी औषधि ब्यबसायी संघ, कोशी प्रदेश कार्य समितिले आयोजना गरेको कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा संबोधन गर्नु हुदै बरिष्ठ उपाध्यक्ष रिमालले बा्र्षिक रुपमा निरन्तर आयोजना हुदै आईरहेको यस्तो प्रकारका कार्यक्रमले ब्यबसायी साथिहरु बिच रहेको भाईचारा र मित्रता्को सम्बन्ध अझ प्रगाढ हुने बताउदै आफुले बिगत ३ बर्ष देखि यो कार्यक्रममा सहभागिता जनाउदै आएको बताउनु भयो।

कार्यक्रमलाई सम्बोधन गर्दै रिमालले आफु पुर्बकै स्थानिय बासिन्दा भएको र संघको आगामि केन्द्रिय महाधिबेशनमा सम्पुर्ण ब्यबसायी साथिहरुको गरिमामय उपस्थितिको लागि अनुरोघ गर्नु हुदै आफुलाई साथ र समर्थन गर्न आह्वान गर्नु भयो।

कार्यक्रमलाई संबोधन गर्नु हुदै नेपाल पशुपंक्षी औषधि ब्यबसायी संघ, कोशी प्रदेश कार्य समितिका अध्यक्ष अशोक सुबेदिले हालका बरिष्ठ उपाध्यक्ष रिमाल नै आफुहरुको आधिकारिक उम्मेदवार भएको र उहाको छबि, कार्यशैली र क्रियाशिलतालाई हेरि कोशी प्रदेशबाट एक भोट पनि क्रस नहुने गरी एक मुष्ट रुपमा सपोर्ट गर्ने प्रतिबद्दता ब्यक्त गरे।

त्यसैगरी संघका कोशी प्रदेश समितिका संस्थापक अध्यक्ष तथा पुर्ब केन्द्रिय सदस्य रिसि बच्चन यादबले आफुहरुको समर्थन रिमाललाई नै रहने बताउदै सम्पुर्ण ब्यबसायी मित्रहरुलाई रिमाललाई समर्थन गर्न आह्वान गर्नु भयो।

कार्यक्रममा संघका कोशी शाखाका अध्यक्ष पुष्प दाहालले पनि आफ्नो समर्थन हालका बरिष्ठ उपाध्यक्ष रिमाललाई रहने बताए।

चार टिम सहभागी रहेको उक्त मैत्रीपुर्ण फुटबल प्रतियोगितामा नेपाल पशुपंक्षी औषधि ब्यबसायी संघ मेचि शाखाले एनभिएमए बिर्तामोडलाई पराजित गर्दै उपाधि चुमेको थियो।

PC : Bhuwan Khatiwada

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!