कालीगण्डकीमा जिप दुर्घटना हुदा ७ जना घाइते

वालिङ, कात्तिक २६ गते ।

स्याङ्जाको कालीगण्डकी –१ प्युँघामा आज साँझ जिप दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । बुटवलबाट स्याङ्जाको कालीगण्डकीको कारीकोट आउदैगरेको ग १ ज ७६०४ नम्बरको जिप दुर्घटनामा परेको हो ।

जिप प्युँघा कालिका मन्दिरनजिक कच्ची सडकबाट करिब ३० मीटर तल खसेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी निरीक्षक उत्तम जिसीले जानकारी दिनुभयो । जिप भीरमा रहेको रुखमा अड्किन पुगेकाले ठूलो दुर्घटनाबाट बचेको स्थानीयको भनाइ छ ।

घाइतेहरुलाई उपचारका लागि कालीगण्डकी अस्पताल मिर्मीमा लगिएको प्रहरीले जनाएको छ । जिपमा आठ जना सवार रहेकोमा एक जना सकुशल रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!