काठमाडौं ।
हलिं नेवाः दबू नेपाः च्याप्टरको मुखपत्र ‘हलिं नेवाः पौ’ विमोचन कार्यक्रम नेपाल संवत ११४४ को अवसर पारेर सम्पन्न भएको छ ।
नेपा: च्याप्टरकाका अध्यक्ष सुरेन्द्र भक्त श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको विमोचन कार्यक्रममा बागमती प्रदेशका उद्योग वाणिज्य भूमी तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकार प्रमुख अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो । विमोचन कार्यक्रममा बोल्दै प्रमुख अतिथि चित्रकारले नेवाः समुदायले मनाउने चाडपर्वमा एकरुपता आउनुपर्नेमा जोड दिनुभयो ।
मुखपत्र प्रकाशनका संयोजक उत्तमकुमार श्रेष्ठले वल्र्ड नेवाः अर्गानाइजेशन र यसका अन्य देशमा रहेका शाखाहरूबाट हुने गतिविधिलाई नेवाः समाजसम्म पु¥याउने पुलको रुपमा ‘हलिं नेवाः पौ’ वल्र्ड नेवाः अर्गानाइजेशन नेपाल च्याप्टरमार्फत आएको बताउनुभयो ।
नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समिति–११४४ का अध्यक्ष तथा विमोचन कार्यक्रमका विशेष अतिथि प्रा.डा. नरेशमान बज्राचार्यले मुखपत्र प्रकाशनप्रति खुशी व्यक्त गर्दै नेवाः समाजमा प्रचलित मौलिक शब्दहरुको प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
अर्का विशेष अतिथि नेवाः देय् दबूका अध्यक्ष पवित्र बज्राचार्यले संघसंथाको संख्यामा भन्दा भएको संस्थालाई प्रभावकारी ढंगले अघि बढाउनुपर्ने बताउनुभयो । सोही कार्यक्रममा वल्र्ड नेवाः अर्गानाइजेशनका केन्द्रीय सल्लाहकार रोजीना प्रधान राईले मुखपत्र प्रकाशनको निम्ति आवश्यक पर्ने जुनसुकै सहयोग गर्न आफू तयार रहेको र विश्वका अन्य देशमा मुखपत्र उपलब्ध गराउन भूमिका खेल्ने बताउनुभयो ।
विमोचन कार्यक्रमका विशेष अतिथि गुठी संस्थानका प्रशासक किरण शाक्यले मुखपत्र प्रकाशनको निरन्तरताको कामना गर्दै नेपाः च्याप्टरले अझ प्रभावकारी कामहरु गर्न सफल होओस् भन्ने कामना व्यक्त गर्नुभयो । नेवाः पत्रकार राष्ट्रिय दबूका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले मुखपत्र प्रकाशन भएकोमा खुशी व्यक्त गर्दै यसको निरन्तरताको लागि आफूले पनि सक्दो सहयोग गर्ने बचन दिनुभयो ।
नेपाल च्याप्टरका उपाध्यक्ष श्यामप्रसाद श्रेष्ठले सोही कार्यक्रममा बोल्दै नेपालभाषालाई सबै नेवाःहरूले दैनिक रुपमा बोलचाल गर्नसक्ने वातावरण बनाउन सबैले पहल गर्नुपर्ने बताउनुभयो । संस्थाका सह–कोषाध्यक्ष तथा मुखपत्र प्रकाशनका सहसंयोजक मंगल ताम्राकारले संचालन गर्नुभएको उक्त कार्यक्रममा नेपाल च्याप्टरका उपाध्यक्ष उपाध्यक्ष रमेश मुनिकारले कार्यक्रममा उपस्थित महानुभावहरूलाई मन्तव्यमार्फत स्वागत गर्नु भएको थियो । विमोचन कार्यक्रम समापन गर्दै कार्यक्रमका सभापति सुरेन्द्रभक्त श्रेष्ठले नेपाल च्याप्टरलाई अघि बढाउन योजनावद्ध ढंगबाट लागिरहेको र अझै लागिरहने बताउँदै सामाजिक र मानविय कार्यमार्फत संस्थालाई नेवाः समाजसँग जोड्न सिंगो कार्यसमिति प्रयासरत रहेको बताउनुभयो ।