मध्यपुर थिमि, कात्तिक २८, २०८०ः
रास्वपाका सभापति एब पुर्ब उपप्रधानमन्त्रि तथा गृहमन्त्रि रबि लामिछानेले आफ्नो पार्टिको आगामि बैठकका माईन्युटहरुमा नेपाल संबतको आधिकारिक रुपमा प्रयोग गर्ने र त्यसलाई अभिलेखमा राखिने बताउनु भयो।
नेपाल संबत ११४४ ्को उपलक्ष्यमा आयोजित नेपाल संबतका प्रबर्तक रास्ट्रिय बिभुति शंखधर शाख्वाको प्रतिमामा माल्यार्पण समारोह तथा मौलिक स्थान नाम शुभारम्भ कार्यक्रमलाई संबोघन गर्नु हुदै पुर्ब उपप्रधानमन्त्रि तथा गृहमन्त्रि एब रास्वपाका सभापति रबि लामिछानेले नेपाल संबतलाई आधिकारिकता दिनु भएकोमा प्रधानमन्त्रि पुष्पकमल दाहाल प्रचण्डलाई धन्यबाद दिनु हुदै यो एतिहासिक कदम भएको बताए।
सभापति लामिछानेले भन्नुभयो, ‘यहाँ एपका माध्यमबाट समय सापेक्ष रुपमा हरेक कुराको जानकारी दिने सुरुवात गर्नुभएको छ । यो अत्यन्त समयसापेक्ष छ । ठाउँका नामहरु मौलिक रुपमा राख्ने जुन एउटा सुरुवात गर्नुभएको छ । आजभोलि के भएको छ भने जसलाई देख्यो उसैका नाममा चोक, उसैका नाममा बाटो, गल्ली भएका कारणले हाम्रो ऐतिहासिक धरोहर, मूल्य मान्यता शक्तिशाली मानिसको हातमा परेको छ । इतिहासलाई जोगाउन पर्छ ।”
” इतिहासको सम्मान गर्न नसक्ने राष्ट्र र समाजको भविष्य उज्यालो हुन नसक्ने बताउदै सभापति लामिछानेले इतिहास जस्तो भए पनि आफ्नै मूल्य र मान्यता हुने भन्दै इतिहासको सम्मान गर्न सक्नुपर्ने बताउनुभयो।
सभापति लामिछानेले देशमा लघुवित्त, सहकारी र बिबिध कारण सर्बसाधारण जनता घरबार बिहिन हुनुका साथै देशै छोडॅर जानु पर्ने आबस्था आएकोले सरकारले ऋणको पासोमा पुगेका नागरिकलाई ऋणमुक्त गरेर जान र सहकारी, बैंक र लघुवित्तको ब्याजदर व्यवस्थित गरेर जानसके राष्ट्रिय विभूति शंखधर साख्वाप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताउनुभयो ।
