नेपाल सरकारका माइन्युट र दस्तावेजहरुमा नेपाल सम्वत अनिवार्य रुपमा उल्लेख गर्ने निर्णयः प्रधानमन्त्रि प्रचण्ड

मध्यपुर थिमि, कार्तिक २८, २०८०ः
रत्न काजि प्रजापति

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल सम्वतलाई कार्यान्व्यन गर्न नेपाल सरकारका माइन्युट र दस्तावेजहरुमा अनिवार्य रुपमा उल्लेख गर्ने निर्णय भएको जानकारी दिएका छन् । नेपाल संबत ११४४ ्को उपलक्ष्यमा आयोजित नेपाल संबतका प्रबर्तक रास्ट्रिय बिभुति शंखधर साख्वाको प्रतिमामा माल्यार्पण समारोह तथा मौलिक स्थान नाम शुभारम्भ कार्यक्रमको उदघाटन गर्दै प्रधानमन्त्रि प्रचण्डले सोमबारको मन्त्रीपरिषद्को बैठकले यो निर्णय गरेको जानकारी गराए ।

पहिलो पटक गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री हुँंदा आफूले २०६५ सालमा नेपाल सम्वतलाई राष्टिय सम्वतको रुपमा घोषणा गरेको स्मरण गर्दै तेश्रो प्रधानमन्त्रीको रुपमा आफनै पालामा नेपाल सम्वतलाई कार्यान्वयनमा ल्याउने निर्णय भएको बताए । तेश्रो पटक प्रधानमन्त्रीको रुपमा शंखधर शाख्वाको प्रतिमामा माल्यार्पण गर्न पाउँंदा आफूलाई गर्व लागेको भन्दै प्रचण्डले नेपाल सम्वतको प्रचलनमा ल्याएर शंखधर साख्वाबाट शिक्षा लिएर आफूले ३० हजारसम्म ऋण लिएका किसानको ऋणमुक्त गरेको पनि स्मरण गरे ।

प्रधानमन्त्री प्रचण्डले नेपाल सम्वत नेवारको मात्रै सम्वत नभएको दोहयाए । उनले नेपाल सम्वत नेपालीमात्र सवैको सम्वत भएको बताए । शंखधर साख्वालाई राष्टिय विभूतिको रुपमा २०६५ सालमो यस्तो गरिएको उनको भनाई थियो । उनले नेपाल सम्वतको लागि संघर्ष गर्ने पदमरत्न तुलाधरलगायतका व्यक्तिहरु यसका लागि धन्यवादको पात्र भएको पनि बताए ।

कार्यक्रममा राष्टिय विभूति शंखधर साख्वा प्रतिष्ठानका अध्यक्ष ज्ञानुराम श्रेष्ठ, सस्कृतिमन्त्री गोपाल किराँंती, राष्टिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, बागमति प्रदेशका मुख्यमन्त्रि शालिकराम जम्कट्टेल, बागमैति प्रदेशका कृषि तथा पशुपंक्षी बिकास मन्त्री डा राजेन्द्रमान श्रेष्ठ, मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, उपप्रमुख विजयकृष्ण श्रेष्ठ, आयोजक प्रतिष्ठानका सचिव बाबुकाजी साँंछे सहितका विशिष्ट व्यक्तिहरुले शंखधर साख्वाको प्रतिमामा माल्यार्पण गरेका थिए ।

सोहो समारोहमा प्रधानमन्त्रि दाहालले मध्यपुर थिमि नगर क्षेत्रभित्र मौलिक स्थान नाम कार्यको पनि शुभारम्भ गर्नु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!