“आजको शंखधर साख्वा प्रचण्ड हुनु पर्छ। ” संस्कति मन्त्रि सुदन किराती

मध्यपुर थिमि, कात्तिक २८, २०८०ः
रत्न काजि प्रजापति

संस्कति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आजको शंखधर साख्वा प्रधानमन्त्रि प्रचण्ड हुनु पर्ने बताउनु भयो।

नेपाल संबत ११४४ ्को उपलक्ष्यमा आयोजित नेपाल संबतका प्रबर्तक रास्ट्रिय बिभुति शंखधर साख्वाको प्रतिमामा माल्यार्पण समारोह तथा मौलिक स्थान नाम शुभारम्भ कार्यक्रमलाई संबोघन गर्नु हुदै संस्कृति, पर्यटन तथा नागरिक उद्दयन मन्त्री सुदन किरातीले शंखधर साख्वा सांस्कृतिक नायक हुनुका साथै समाजमा धनि र गरिब, ऋणी र साहु रहुनु हुदैन भन्ने कुराका पक्षपाती रहेको बताउनु भयो। आफुले सुने अनुसार पशुपतिनाथको मन्दिरमा दलितहरुलाई हुल्ने कार्यपनि साख्वाले गरेको बताउदै मन्त्रि किरातिले बर्गिय जातिय मुक्तिका पक्षपाति प्रचण्ड अबको शंखधर साख्वा हुने पर्ने बताए।

मध्यपुर थिमिमा हालै सम्पन्न बिश्वमै दुर्लभ मानिएको जिब्रो छेड्ने जात्रामा आफु सहभागी भएको स्मरण गर्नु हुदै मन्त्रि किरातिले हाम्रा स्थानिय जात्राहरुलाई महोत्सबको रुपमा बिकास गर्दै विश्वबाट पर्यटकहरु तानेर पर्यटनको बिकास गर्नु पर्ने कुरामा जोड दिनु भयो। नेपालिपनको पर्यटन प्रकृति र संस्कृतिको समायोजनबाट हुन्छ भन्नु हुदै मन्त्रि किरातिले संस्कृतिलाई पर्यटनसंग जोडेर आर्थिक बिकास गर्नु पर्ने बताए।

समारोहलाई सम्बोधन गर्दै मन्त्रि किरातिले शखधर साख्वासंग सम्बन्धित पुरस्कारहरुको बारेमा सरकारी कार्यालय खुल्ने बितिकै प्रक्रिया शुरु गर्ने प्रतिबद्दता पनि ब्य्क्त गर्नु भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!